सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

अपहेलित

आफुले आफुलाई योग्य कहलिएका
धार्मिक भक्तजनलाई
उसले सोध्यो
‘के इच्छा छ तिमीहरूको ?
भगवानको पनि इच्छा हुँदो रहेछ
के आशा बोकेर आयौं ?’
भीडसँग जवाफ थिएन
उसले पुन सोध्यो
‘किन तिमीहरूलाई साथ चाहियो
भगवान त एक्लै काफी छन्’
उनीहरूमा छलकपटबाट मुक्त हुने
छाँटकाँट थिएन ।
त्यसैले लुकेर बसेका उक्त भक्तजनप्रति
उसले बोल्यो
धार्मिक तवरमा
‘तिमीहरू पक्कै पनि तपस्या गर्न आयौ
जाओ तपस्या गर
म तिमीको तपस्यामा विघ्न गर्दिन’
भीडसँग जवाफ थिएन ।
उनीहरू आफुलाइ अपहेलित भएको महसुस गर्दथे
उसले बोल्यो
जवाफ नहुँदा सबैको त्यस्तै लक्षण हुन्छ

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार ०८:५०