सूचनाको शक्ति - The Power Of Information

        

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार ०७:४४