२०७९ फागुन २७ गते, शनिवार, ११ मार्च २०२३ । चैत्र कृष्णपक्ष चतुर्थी तिथि । स्वाती नक्षत्र । चन्द्रराशि– तुला ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ । लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । मनोरञ्जनमा खर्च बढ्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । व्याहारिक समस्याले योजना रोकिन सक्छ । कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ । मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । गुरुजनको साथ–सहयोग जुट्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दीर्घकालीन महत्त्वका काममा निर्णय लिन हतार नगर्नुहोला । साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ । तत्काल योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । तर आँटले काम लिनेहरूलाई फाइदा हुनेछ । सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । शुभचिन्तकहरूले साथ दिने हुँदा नसोचेको काम सम्पादन हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रचनात्मक काममा जुट्ने समय छ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ । गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ । तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला । बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ । व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । केही वस्तु त्याग्नुपरे पनि कर्जामार्फत धन जुट्नेछ । केही खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ । व्यापारमा फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । विभिन्न स्रोत–साधन जुट्नेछन् र धन संग्रह पनि हुनेछ । व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला । नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले समस्या पर्नेछ । तापनि, आफन्तको सहयोगले काम सम्पादन हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । भविष्यका लागि थालिएको काम रोकिन सक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर जुट्नाले कीर्तिमानी कामको यश प्राप्त हुनेछ । तर सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्नेछ । समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ । योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । सामाजिक जिम्मेवारीका साथै आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुन सक्छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले दौडधुप गराउन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले आजको दिन कमजोर रहनेछ । गोपनीयता बाहिरिनाले केही व्यावहारिक समस्या पनि देखा पर्नेछन् ।
सत्यपाटी संवाददाता । काठमाडौं