नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटोमा राखिएको ठेलाको मकै किनेर खाएका छन् । शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट फर्किने क्रममा उनले स्कुल छुटेर फर्किँदै गरेका विद्यार्थीहरूसँग बसेर मकै खाएका हुन् ।
मकै किनेर खाएको तस्वीर सामाजिक सञ्चालमा राख्दै उनले लेखेका छन्, ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो । नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’
त्यस क्रममा अध्यक्ष ओलीले केहीसँग सेल्फीसँगै विद्यार्थीसँग तस्वीर पनि खिचेका थिए । आज ओली पार्टीनिकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रीय कमिटीको सपथ ग्रहणमा पार्टी कार्यालय च्यासल पुगेका थिए ।



सत्यपाटी संवाददाता । काठमाडौं