सूचनाको शक्ति - The Power Of Information

        

पाँच डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस, कुँवर पहिलो नम्बरमा

नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले यस्तो सिफारिस गरेको हो । बढुवा सिफारिसको १ नम्बरमा डीआइजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन् ।

समितिले निकालेको सूचनामा भनिएको छ, ‘नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या ५ (पाँच)मा बढुवा गर्न मिति २०७९।११।२६ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १४:४०