सूचनाको शक्ति - The Power Of Information

        

किन घट्छ व्यक्तिमा यौन चाहाना ?

के तपाई ‘सेक्स’को नाम सुन्ने बित्तिकै नाक खुम्चाउने वा मुख बिगार्ने गर्नुभएको छ ? चिन्ता नगर्नुस् गुमेको यौनप्रतिको रुची फिर्ता ल्याउन पनि अनेकौं उपायहरु रहेका छन् । अध्ययनले बताए अनुसार तपाई जति यस समस्याबाट ग्रसित हुनुहुन्छ त्यति नै यस समस्याबाट छुटकारा पाउने उपाय सरल एवम् सहज रहेको छ ।

यस सम्बन्धी विज्ञहरुले ४ हजार ८३९ पुरुष र ६ हजार ६६९ महिलामा दुई वर्षसम्म उनहिरुको यौन जीवनबारे एक सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा आफ्ना जीवनकालमा कुनै न कुनै बेला कम्तिमा १ पटक यौनसम्बन्ध कायम भएको र १६ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई समावेश गरिएको थियो ।

बीएमजेमा प्रकाशित उक्त सर्वेबाट एक प्राप्त रोचक तथ्य प्राप्त भएको थियो । प्राप्त तथ्य अनुसार अध्ययनको अवधिमा कुल सहभागीमध्ये १५ प्रतिशत पुरुष र ३४ प्रतिशतभन्दा बढि महिलाहरुले आफ्नो यौनप्रतिको रुचि घटेको बताए । यद्यपि यौनप्रति रुचि घट्नु पछाडिको कारण भने प्रत्येक महिला एवम् पुरुषमा फरक–फरक रहेको पाइयो ।

जसमा उनीहरुको उमेर, गतिविधि, शारीरिक एवम् मानसिक स्वास्थ्यजस्ता आदि पक्षहरु रहेका थिए । तुलनात्मक रुपमा यौनप्रतिको रुचि घट्नेमा पुरुषभन्दा महलिाको संख्या बढिरहेको थियो । यस अर्थमा भन्नुपर्दा लामो समयको सम्बन्धमा सुरक्षा, साथ तथा मायाको आवश्यक पर्दछ । तर, सो पक्षहरुको अभावमा भने व्यक्तिमा आफ्ना पार्टनरप्रतिको यौनरुचि घट्ने गर्छ ।

एकपटकको हनिमुनको चरण सकिएपछि यौनका कुरा सामान्य लाग्न थाल्ने स्काई लाइट काउन्सिलिङ सेन्टरका प्रमुख डेभिड क्लोले बताए । ‘अधिकांश जोडिहरु यौनको तालिका नै बनेपछि स्वतः दिक्क मान्छन्,’ उनले भने । हराएको यौनइच्छालाई कसरी पुनर्जिवित गर्ने भन्ने विषयमा बोल्दै क्लो भन्छन्, ‘नियमित यौन सम्बन्ध कायम गर्ने प्रकृयामा ल्याउने परिवर्तन नै यसको उत्तम उपाय हो । भाग्यवश, यस समस्या समाधानका विभिन्न उपायहरु छन् ।’ जुन निम्न छन्,

  • नयाँ आशन अपनाउने ।
  • नियमित स्थान परिवर्तन गर्ने ।
  • दुवैको इच्छा एवम् चाहानाको कदर गर्ने ।
  • आपसी समझदार सहयोगी सम्बन्ध स्थापित गर्ने ।
  • सदैव नयाँ जोडिजस्तो व्यवहार गर्ने सम्भोगको लागि उपयुक्त स्थान चुन्ने ।
  • यौनक्रिडा बाहेकका समयमा पनि आफ्नो पार्टनरसंग राम्ररी संवाद गर्ने ।
  • धुम्रपान तथा मद्यपानबाट टाढा रहने टिनएजर (किशोरावस्था) जस्तो व्यवहार गर्ने ।
  • अर्थात् मध्यान्हको अन्तिम समयलाई सम्भोगको लागि उपयुक्त एवम् रोचक समय मानिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १३:३८