सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

मायाको समीक्षा

धार्मिक भक्तजन
जो उसको कर्म हेर्न तल्लीन थियो
उसले उनीहरूको समीक्षा गरिदियो
उसँग जलेर, डाह र रिसले चुर भएका भक्तजन
उसको धर्मप्रतिको तर्कदेखि
सहन नसकेर
आफ्नो स्वरूप लिएर आए ।

भगवानले के गर्छन्
ज्ञान दिन नसक्ने
विद्या दिन नसक्ने
उचित कर्म दिन नसक्ने
भक्ति देख्न नसक्ने
भगवानको पुजेर के काम ?
उसले बोलेको थियो
संसारमा कोही पनि भक्त छैन
अनि उसले बोल्यो
‘एक अर्काको भक्त कहलिएका
विष्णु र महादेवका पनि
एक अर्काप्रति स्वार्थ छन्
त्यसैले हो धार्मिक कथाहरूले
स्वार्थलाई सेवा र सहयोग भनेर भाकेको ।’

उसले आफ्नो ज्ञानको समीक्षा गर्यो
अनि बोल्यो
उसको ज्ञानमा थपघट गरेर
मायाको श्रृजना गरी
उसको लागि भगवान छन् भन्ने घोषणा गरिएछ
उसको स्वरूप, आवाज तथा छविको नकाल गर्ने
उक्त भक्तजनलाई
उसले कलाकार भन्यो
जो उसको लेखाइमा नाचिरहेका थिए ।

उसले प्रश्न गर्यो
‘उसका लागि भगवान छन् भने
के सृष्टिका अन्य प्राणीको लागि भगवान मरे ?’
भीडसँग जवाफ थिएन ।
उसको स्वतन्त्र सोच र कल्पना नरुचाएका
भक्तजनले
उसलाई नरुचाउनु उसले स्वाभाविक मान्यो
उसलाई सोच्न र कल्पना गर्न नदिन
अथक प्रयास गरे पनि
उ आफ्नै सोचमा माग्न भयो
भक्तजन पुनः डाहले चुर भए
उसको सोचाइलाई
धर्मको सृष्टि र उत्तपतिले रोक्न सकेनन्
विज्ञानको ब्राह्मणले छेक्न सकेन
उ कल्पनामा सृष्टि, उत्पत्ति र ब्रह्माण्डभन्दा पर पुग्यो
र बोल्यो
भक्तजनसँग तर्क गर्ने क्षमता भए
तर्क गर्न आउने थिए
झुट बोल्न आउने थिएनन् ।

उसले भक्ति गर्दा
उसलाई डर देखाइयो
उसले हाँस्दा
उसलाई हाँसो लुट्न खोजियो
उसले सपना देख्दा
उसको सपना भताभुङ्ग पार्न खोजियो
त्यसै उसले बोल्यो
उ नास्तिक होइन
तर कसैको भक्त पनि होइन
उसलाई परिस्थिति दिइएको बोल्नेलाई उसले प्रश्न तेर्स्यायो
‘के गरी श्रृजना गरिस परिस्थितिको,
मेरो लेखाइ हेरेर ?
सत्यको साथले मेरो सपना पुरा गर्ने पारिस्थिति दिन सकिस ?’
भीड सँग जवाफ थिएन

अनि उसले बोल्यो
‘मेरो सोच र कल्पनामा खोज आफ्नो परिस्थिति
अनि सोच
मेरो कर्म बिनाको आफ्नो काल’
भीडसँग उ बिनाको आफ्नो काल थिएन ।
गोप्यता खोज्ने भक्तजनलाई उसले बोल्यो
‘शरीरलाई किन साक्षी बनाइस्
फोटो हेरेर
एक्लै गोप्य कुराकानी गर
मानिसले पनि भगवानको फोटो र मूर्ति नै हो पुज्ने
किन चाहियो भगवानलाई मनुष्य शरीर ?’

उसले दोहोर्यायो
‘म नास्तिक होइन
तर कुनै देवताको भक्त पनि होइन’

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार ०८:४२