आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजमा शुक्रबार यूएई र पपुवा न्यु गिनी (पीएनजी) प्रतिस्पर्धा हुँदैछ।
घरेलु मैदानमा पिएनजीसँग दुवै खेल हारेपछि दबाबमा रहेको युएईका लागि एकदिवसीय वरियता जोगाउनपनि पिएनजीलाई हराउनै पर्ने दबाब रहेको छ।
टियू मैदान कीर्तिपुरमा आज बिहान ९:३० मा सुरु हुने खेलमा जारी सिरिजमा पहिलो जितको खोजिमा पिएनजी रहेको छ। बिहीबार भएको सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो।
विश्वकप लिग- २ मा शीर्ष तीनमा रहने युएईको सम्भावना सकिसकेकाले उसका लागि एकदिवसीय वरियता जोगाउने लक्ष्य नेपाल सिरिजमा रहेको छ। तर विश्वकप लिग-२ मा युएई पिएनजीसँग लगातार खराव प्रदर्शनको सिकरा हुँदै आएको छ।
अघिल्ला ४ खेलमा पीएनजीले यूएईलाई ३ पटक पराजित गरिसकेको छ। यूएई सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
पपुवा न्युगिनि ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।
सत्यपाटी संवाददाता । काठमाडौँ