सूचनाको शक्ति - The Power Of Information

        

सल्यानमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राप्ती राजमार्गअन्तर्गत सल्यानको त्रिबेणी गाउँपालिका-६ शंखमुलमा बसले बिहीबार दिउँसो साढे ४ बजेतिर मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका-१ श्रीनगरदेखि त्रिवेणी गाउँपालिका-१ काभ्रा जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक छत्रेस्वरी गाउँपालिका-३ पालेखोला घर भएका वर्ष १९ का अजय ओलीको मृत्यु भएको हो ।

बसको ठक्करबाट सख्त घाइते भएका ओलीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको र अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

बससहित चालक त्रिबेणी गाउँपालिका-६ वर्ष ३३ का होमबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएर ईप्रका लुहाममा राखिएको उनले जनाए । उनका अनुसार ईप्रका लुहाम र प्रहरी चौकी भोटेचौरबाट खटिएको प्रहरी टोलीद्ववारा घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १८:४४