सूचनाको शक्ति - The Power Of Information

        

‘सेक्स’बारे जान्नैपर्ने नौं अचम्मका कुरा

प्राकृतिक रुपमा नै आवश्यक एवं अनिवार्य रहेको यौनका सम्बन्धमा व्यक्तिमा सामान्य जानकारी हुनु जरुरी रहेको छ । यस सम्बन्धमा व्यक्तिले आफ्नो पार्टनरसँग उनको इच्छाको सम्मान गर्दै खुलस्त रुपमा प्रस्तुत हुनुपर्दछ ।

यस्ता सहकार्यले व्यक्तिको यौनजीवन सुखमय रहनुका साथै आफ्ना साथीसँगको सम्बन्ध पनि सुमधुर हुन पुग्दछ । आफ्ना नियमित यौन प्रक्रियामा कहिलेकाहीं परिवर्तन ल्याउनाले यसले तपाईंमा रोचकता त प्रदान गर्छ नै यससँगै यौन जीवनमा प्रकाश ल्याउने कामसमेत गर्दछ ।

अब तपाईंको यौन जीवनको पक्ष रोचकमय बनाउनको निम्ति यहाँ यौन सम्बन्धि केहि तथ्यहरु समावेश गरिएको छ । जसले तपाईंको मस्तिष्कमा उब्जिएका उत्तेजनामा प्रभाव पार्न सक्छ ।

यौन सम्पर्कमा समयमा महिला पार्टनरले गर्छन् दोस्रो व्यक्तिको कल्पना

पछिल्लो पटकको ब्रिटिस सेक्स टोय ब्राण्ड ‘लभहनी’को अध्ययन अनुसार झण्डै आधाजसो महिलाहरु सम्पर्कका समयमा अन्य पुरुषको बारेमा सोचिरहेका हुन्छन् । सर्वेक्षणले देखाए अनुसार ४६ प्रतिशत महिलाले आफ्नो पार्टनरसँगको यौन सम्बन्धका समयमा अन्य गैरपुरुषको बारेमा सोच्ने गर्छन् ।

जबकी पुरुषको सन्दर्भमा यसको संख्या ४२ प्रतिशत रहेको थियो । कुल १३ सय महिलामा गरिएको उक्त सर्वेक्षणले सो निष्कर्ष निकालेको हो । तर, प्राप्त यस निष्कर्षले प्रत्येक महिलाको प्रतिनिधित्व नगर्ने विज्ञहरुले जनाएका छन् । आफ्ना पार्टनरले सन्तुष्टि प्रदान गर्न नसकेको खण्डमा व्यक्ति यसो गर्ने गर्दछन् ।

तुलनात्मक रुपमा महिला समलिंगीमा कम हुन्छ अर्ग्यानिज्म

‘दि जर्नल अफ सेक्सुअल मेडिसिन’ले एक व्यक्तिले अन्य व्यक्तिसँग गर्ने सम्भोगको विषयमा अध्ययन गरेको थियो । यसबीचमा निस्किएको निष्कर्ष पुरुषमा तुलनामा आश्चर्यजनक छैन ।

कुल ६ हजार १५१ व्यक्तिमा गरिएको अध्ययनका अनुसार सम्भोगका समयमा सामान्य पुरुष ८५.५ प्रतिशत, समलिंगी पुरुष ८४.७ प्रतिशत र द्धिलिंगी पुरुष ७७.६ प्रतिशत चरमोत्कर्षमा पुग्ने गर्दछ ।

जबकी महिलाको सन्दर्भमा यसको दर रहेको देखिन्छ । महिला समलिंगीमा ७४ प्रतिशत, सामान्य महिलामा ६१.६ प्रतिशत र द्धिलिंगी महिला सम्भोगका समयमा ५८ प्रतिशत मात्रै चरमकोत्र्षमा पुग्छन् ।

समलिंगी महिलाहरुमा लोकप्रिय रहेको ‘पेनिट्रेशन’ सम्भोग प्रक्रियामा उनीहरु मुखमैथुनमा विशेष ध्यान दिने गर्दछन् । यदि तपाईंले यौन प्रक्रियामा नवीनतम् ल्याउनुहुन्छ भने तपाई आफ्नो यौन सम्बन्धमा पनि बहार ल्यान सफल हुनुहुनेछ ।

निप्पलबाट पनि प्राप्त गर्न सक्छन् चरम आनन्द

यदि तपाईं आफ्नो वक्षस्थलको निप्पल चलाएको रुचाउनुहुन्छ भने तपाईंको निम्ति खुशीको खबर छ । निप्पल अर्ग्याजम अर्थात्, ‘निप्पलग्याम्स’बाट पनि व्यक्तिले चरम आनन्द प्राप्त गर्न सक्छन् ।

‘दि जर्नल अफ सेक्सुअल मेडिसिन’मा उल्लेख भएअनुसार महिलाको मस्तिष्कको अध्ययनबाट प्राप्त नतिजा अनुसार निप्पल खेलाउने प्रक्रियाले महिलालाई चरम आनन्द प्रदान गर्दछ ।

र ‘मेन्स हेल्थ’ले गरेको सर्वेक्षणमा २ समय १३ महिलामध्ये २९ प्रतिशत महिलाले यस्तो अनुभव गर्दछन् । वैज्ञानिक तथ्यमा आधारित उक्त अध्ययनले महिलाको निप्पल खेलाउने बानीले उनीहरुलाई यौनसम्पर्क जतिकै रोमाञ्चकता प्रान गर्ने बताएको छ ।

स्याउ खाँदा मुड बनाउन मद्दत

अंग्रेजीमा स्याउ सम्बन्धि एउटा भनाई नै रहेको ‘वान एप्पल अ डे किप्स डाक्टर अवे’ । यसको अर्थ दैनिक रुपमा एउटा स्याउको प्रयोगले तपाईलाई स्वस्थ रहन मद्दत गर्दछ ।

यस्तै स्याउको विशषेताः अब दम्पती जोडीका निम्ति उपयोगी रहेको छ । यसले प्रायजसोः महिलाको यौन जीवनमा विशेष महत्व राख्दछ ।

सन् २०१४ मा गरिएको ‘अर्चिभ्स अफ गाइनेकोलोजी’ तथा ‘ओबेस्टिेट्रिक्स’ अध्ययनले दैनिक रुपमा स्याउको सेवन गर्ने महिलाको यौन जीवन समग्रमा अन्यको तुलनामा रोमाञ्चक रहने दाबी गरेको छ ।

वीर्य पनि डाइट हुन्छ

के तपाईको मुखमैथुनको क्रममा कहिलेकाहीं वीर्य मुखभित्रै नै झरेको अनुभव छ ? यदि छ भने ढुक्क हुनुस् । यसको प्रयोग स्वास्थ्यको निम्ति उत्तिकै उपयोगी रहन्छ ।

करिब १ टेबल चम्चा वीर्यमा १५ देखि २० क्यालोरी रहने विज्ञहरुको भनाइ रहेको छ । यद्यपि वीर्यको प्रयोग नियमित रुपमा आवश्यक भने रहँदैन ।

यौनांगको रौं काट्ने बानीले तपाईंलाई बनाउँछ रोगी

नियमित यौनांगको रौं काट्ने बानीले व्यक्तिलाई साइफिलिस, हर्पस तथा एचपीभीजस्ता रोगको जोखिम बढाउने दाबी स्यान फ्रान्सिस्कोस्थित रहेको ‘युनिभर्सिटी अफ क्यार्लिफोनिया’का चिकित्सकहरुको रहेको छ ।

‘सेक्सुअल्ली ट्रान्समिटेड इफेक्शन’ जर्नलमा प्रकाशित भएको उक्त अध्ययनले नियमित कपाले फाल्ने व्यक्तिमा त्यस्ता रोगको संक्रमण हुने सम्भावना उच्च रहन्छ । शरीरको कुनै पनि अंगबाट रौं फाल्ने क्रममा रौंको जरा भएको ठाउँमा साना टियर्सहरु रहन्छन् ।

जसको माध्यमबाट कालान्तारमा गएर छालामा भएको उक्त घाउको माध्यमबाट शरीरमा किटाणु सजिलै प्रवेश गर्दछ । सोही केश आँखीभौ फाल्दा पनि देखा पर्ने अध्ययनमा संलग्न गन्टरको भनाइ रहेको छ ।

मोटो व्यक्ति दुब्लोेको तुलनामा बढी यौनक्रिडामा संलग्न हुन सक्छन्

टर्कीका अध्ययनकर्ताले वर्षाै लगाएर बिएमआई तथा यौन क्रियाकलापबीचको सम्बन्धमा एक अध्ययन तयार पारेका छन् ।

उक्त अध्ययनले दुब्लो व्यक्तिको तुलनामा बिआइएम बढी भएका मोटा व्यक्तिहरु करिब ७.३ मिनेटसम्म यौनक्रिडामा संलग्न हुन सक्छन् । जबकि यो प्रक्रिया दुब्ला व्यक्तिहरुमा १०८ सेकेण्डसम्मका लागि रहन्छ ।

पुरुषहरु चरमोत्कर्षमा पुगेको झुटो नाटक पनि गर्छन्

प्रायजसोः चरमोत्कर्षमा पुगेको झुटो नाटकको आरोप तुलनात्मक रुपमा महिलामा बढी लाग्ने गरेको देखिन्छ । तर, यस्तो नाटक पुरुषहरुले पनि गर्ने गरेको देखिएको छ ।

‘टाइम आउट न्युयोर्क’को २०१४ को अध्ययन अनुसार ३० प्रतिशतभन्दा बढी पुरुषले आफू चरमोत्कर्षमा पुगेको नाटक गर्दछन् । उक्त सर्वेक्षण न्युयोर्कमा हिडिरहेका बटुवा पुरुषहरुमाझ गरिएको थियो ।

यौन चरमोत्कर्षले टाउको दुखाइ र माइग्रेनको समस्याबाट टाढा राख्छ

यदि तपाई लामो समयदेखि टाउको दुखाई तथा माइग्रेनको समस्याको शिकार हुनु भएको छ भने सम्भोगमा प्राप्त हुने चरमोत्कर्षले तपाईको समस्यामा कमी ल्याउन सक्छ ।

‘हस्तमैथुन वा मुखमैथुन जुनसुकै प्रक्रियाबाट पनि जब व्यक्ति चरमोत्कर्षमा पुग्छ तब शरीरले केही रसायनहरु उत्पादन गर्दछ । र, सोही रसायनले टाउको दुखाइ र माइग्रेनको समस्या टाढा राख्नमा मद्दत गर्दछ,’ महिला स्वास्थ्य विशेषज्ञ एमडी जेनिफर वाइडरले बताइन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १७:१९