सूचनाको शक्ति - The Power Of Information

        

यौनको विषयमा महिलाहरु दैनिक कति पटक सोच्छन् ?

भनिन्छ, पुरुषले एक दिनमा ३४ पटकसम्म यौनका बारेमा सोचिरहेका हुन्छन् । यस सन्दर्भमा महिलाको तथ्यांक भने कति होला त ? सामान्यतयाः महिलाहरु यौनको सन्दर्भमा पुरुषको तुलनामा कम हुन्छ ।

उनीहरु यस विषयमा अफ्नो इच्छा दबाएरै राख्छन् भन्ने आम जनविश्वास छ । के यो सत्य हो त ? उनीहरु आफ्ना इच्छा दबाएरै पुरा गर्छन् त ? तुलनात्मक रुपमा महिलापछि, यद्यपि उनीहरु पनि सोच्छन्

महिलाहरु आफ्नो लजालु स्वभावका कारण आफ्ना पार्टनरसंग खुलेर आफ्नो रुचीको कुरा नगरेता पनि यद्यपि उनीहरु यौनको बारेमा सोच्न पुरुषभन्दा धेरै पछाडि नरहेको एक अध्ययनले जनाएको छ ।

यस सम्बन्धी गरिएको एक अध्ययनका अनुसार, महिलाले औसत रुपमा १८.६ पटकसम्म यौनको विषयमा सोच्ने गर्छन् । यदि यस समयलाई मिनेटमा बदल्ने हो भने यो २४ घण्टाको अवधिमा ५१ मिनेट बरारबर हुन आउँछ ।

कारणहरु

महिलाहरु यौनलाई नकरात्मक रुपमा लिन्छन् । अझै पनि यौनको बारेमा खुलेर कुरा गर्न लजाउने अधिकांश व्यक्तिहरु छन् । उनीहरु महिलाको यौनका बारेमा कुरा गर्नु र आफ्ना यौन इच्छा व्यक्त गर्नुलाई नकरात्मक रुपमा लिन्छन् ।

यसैले पनि महिलाहरुको सोचमा प्रभाव पारेको विज्ञहरुको भनाई छ । जसकारण उनीहरु यसबाट टाढा रहन आफूलाई विभिन्न ठाउँमा भुलाउने गर्छन् । महिला र पुरुषबीच आधा अन्तर हुनु पनि एउटा मुख्य कारण हो ।

यौनको बारेमा सोच्ने अवधि महिला र पुरुषबीच झण्डै आधाको अन्तर किन छ? एक अध्ययनका अनुसार, यो महिला र पुरुषमा हुने टेस्टोरेन हार्माेनको घटबढिको प्रभाव पनि हो । टेस्टोरेन यौन इच्छा जागृत गराउने एक हार्माेन हो ।

यसको उपस्थितिमा नै व्यक्तिमा यौन चाहाना उत्पन्न हुन्छ । र, तुलनात्मक रुपमा टेस्टोरेनको मात्रा पुरुषमा प्रचुर हुन्छ । यसैले पनि पुरुषलाई यौनको बारेमा सोच्न बाध्य बनाउने विज्ञहरु दाबी गर्छन् ।

यसबाहेक पुरुषहरु आफ्नो शारीरिक सन्तुष्टि भन्दा पनि बढि इगो सन्तुष्टिमा केन्द्रित रहन्छन् । जसको निमित्त उनीहरु यौनकै साहारा लिन्छन् । यस्तै उनीहरु प्रायजसोः आफ्ना यौन सहकर्मीह बढाएर यौन सन्तुष्टि प्राप्त गर्न खोज्छन् भने महिलाहरु आफ्नो एक सहकर्मीबाट नै यौन सन्तुष्टि कसरी प्राप्त गर्ने भन्ने विषयमा बढि सोच्छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १७:०५