सूचनाको शक्ति - The Power Of Information

        

धेरैलाई थाहा नभएका हस्तमैथुनका केही तथ्यहरु

सबै पुरुष हस्तमैथुन प्रकृयाका लागि एक्सपर्ट मानिन्छन् । लामो वर्षसम्म गरिने यस प्रकृयाका कारण तपाईलाई यस सम्बन्धी सबै ज्ञानहरु रहेको भान हुन सक्छ । तर, यहाँ यस्ता केहि वैज्ञानिक तथ्यहरु छन्, जसले तपाईको बुझाईलाई गलत साबित गर्नुका साथै यस सम्बन्धी रहेका तपाईका जिज्ञासा मेटाउनलाई समेत मद्दत गर्नेछ ।

के सम्भोगजस्तै यसबाट पनि हामीले स्वास्थ्य लाभ गर्न सक्छौं ?

सम्भोगमा जस्तो हस्तमैथुन प्रकृयामा सबै भाग समान रुपमा सक्रिय नहुने हुँदा यसबाट सम्भोगबाट जति स्वास्थ्य लाभ गर्न नसकिने साउथर्न इल्लिनोइस स्कुल अफ मेडिसिनका एमडि, एमपीएच एवम् सहयोगी प्रोफेसर टोबियस एस कोलरले बताए ।

यस सम्बन्धी गरेको एक अध्ययन अनुसार, सम्भोगले पुरुषमा हाइपर टेन्सन, मुटुरोग, प्रोस्टेट स्वास्थ्य, दुखाई लगायतका अन्य समस्या व्यवस्थापनमा मुख्य भुमिका निर्वाह गर्दछ । जुन हस्तमैथुनबाट प्राप्त गर्न सकिदैन । यद्यपि एक अध्ययनले भने हस्तमैथुनले प्रोस्टेट (पुरुषग्रन्थी) क्यान्सरको जोखिमलाई कम गराउन मद्दत गर्दछ ।

यसको कुनै निश्चित सीमारेखा हुदैन । अधिक हस्तमैथुन गर्ने बानीबाट कोहि व्यक्ति स्वयम् आजित हुने गरेको पाइन्छ । तर, तपाईले दिनमा वा हप्तामा कति पटकसम्म हस्तमैथुन गर्नुहुन्छ भन्ने कुरा महत्वपुर्ण नरहने एक यौन विशेषज्ञ तथा यौन परामर्श पिएचडी होल्डर लोगन लेवकोफ बताउँछन् । ‘यसले तपाईलाई फिट रहन मद्दत गर्दछ,’ उनले भने ।

यदि दिनमा कयौंपटक यसको माध्यमबाट तपाई सन्तुष्ट हुनुहुन्छ र भने यो तपाईको निम्ति खुशीको खबर हो । तर, यदि तपाई आफ्नो पार्टनरसँग सम्भोग गर्ने मौका हुँदाहुँदै पनि त्यसलाई छोडेर आफ्नो रुचि हस्तमैथुनमा नै राख्नुहुन्छ भने यस्तो अवस्थामा तपाईले चिकित्सकको परामर्श लिनुपर्छ । यसैगरी बाध्यकारी हस्तमैथुन भने तपाईको निम्ति घातकसमेत हुन सक्छ ।

जोखिममुक्त छैन हस्तमैथुन पनि

यो सत्य हो कि हस्तमैथुन कम जोखिमपूर्ण प्रकृया हो । यो सेक्सको सबभन्दा बढी सुरक्षित रुप पनि हो । यसको माध्यमबाट गर्भ रहने डर एवम् पार्टनर आवश्यक नभएकोले यसलाई सहज एवम् सरल यौनको माध्यमका साथै कम जोखिम प्रकृया पनि मानिन्छ । यद्यपि यो पूर्णरुपमा जोखिममुक्त भने रहेको छैन ।

बारम्बार हस्तमैथुन प्रकृयाले पुरुषमा लिंगकोे छाला पोल्ने समस्या पनि निम्तिने सम्भावना उच्च रहन्छ । कतियपय अवस्थामा बलपूर्वक हस्तमैथुन गरेका कारण छाला च्यातिन गई रक्तश्राव समेत हुन पुग्दछ । जुन पुरुषको निम्ति सबभन्दा कष्टकर पीडा हो । कोलर भन्छन्, ‘यस्ता समस्या लिएर धेरै पुरुष म कहाँ उपचारका लागि आएका छन् ।’ यद्यपि अधिकांश यस्ता समस्या निर्मुलको निम्ति शल्यक्रिया नै आवश्यक पर्ने उनको अनुभव रहेको छ ।

हस्तमैथुनले तपाईको सम्बन्धमा प्रभाव पार्दैन

लेवकोफ भन्छन्, ‘हस्तमैथुन गर्ने पुरुषको आपसी सम्बन्धमा केहि समस्या छ भन्ने धारणा यस सम्बन्धी रहेको सबभन्दा गलत धारणा हुन् ।’ यसको अर्थ सम्बन्ध गलत वा राम्रो नभएर व्यक्ति एकल रहेको कुरा उनले प्रस्ट्याए ।

हस्तमैथुनका लागि कुनै पार्टनरको आवश्यक नभएकाले पुरुषहरु यसमा रुची राख्ने गरेको उनले बताए । यससँगै यसले व्यक्तिलाई स्ट्रेस रिलिफ गर्दे फ्रेस राख्ने र राम्ररी निन्द्रा समेत पार्ने भएकाले यो पुरुषहरुको प्राथमिकतामा परेको उनले जोड दिए ।

हस्तमैथुन तपाईको यौन जीवनका लागि उपयोगी

अधिक हस्तमैथुन गर्ने पुरुषका कारण सम्भोगको दौरानमा महिला पार्टनरले यौन सन्तुष्ट प्राप्त गर्ने तथ्य लेवकोफले बताए । तर, हस्तमैथुनमा रुचि राख्ने र अश्लील चलचित्र हेर्ने पुरुषहरुले सम्भोगको क्रममा उचित भुमिका निभाउन नसक्ने भन्ने धारणा गलत रहेको लेखक एवम् यौन परामर्शदात्ता पिएचडी इयान कर्नरले बताइन् ।

ती सबै सत्यको अपवाद रहेको बताउँदै उनले थपिन्, ‘धेरै पुरुषको निम्ति हस्तमैथुन एक स्वस्थवद्र्धक प्रकृया हो । तर यस्ता अपवादको अफवाहमा लागेर नियमित हस्तमैथुन गर्ने पुरुषहरुले पनि हस्तमैथुन गर्न छोडेका केशहरु थुप्रै छन् । जुन उनीहरु स्वयम्का लागि हानिकारक छ ।’ यसले उनीहरुमा झन् स्वास्थ्य समस्या निम्त्याउने भन्दै उनले चिन्ता समेत व्यक्त गरिन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार ०९:५४