सूचनाको शक्ति - The Power Of Information

        

छालादेखि पेटसम्मको अचुक उपचार ‘प्याज’

विश्वमा सबैभन्दा बढी खाइने र प्रयोग हुने तरकारीमा प्याज पर्छ । हरेक व्यक्तिको भान्सामा प्याजको प्रयोग हुन्छ । प्याज सेवनका फाइदा अनगिन्ती छन् ।

समयमा प्रयाप्त निद्रा नपर्ने समस्या भएका मानिसको लागि बेलुकीको खानामा प्याजलाई सलादको रुपमा प्रयोग गर्दा निकै फाइदाजनक मानिन्छ । प्याज स्वादिलो र राम्रो तरकारी मात्र नभइ, अति राम्रो औषधि पनि हो ।

प्याजमा केलिसिन र राइबो फलेबिन (भिटामिन बी) समेत पर्याप्त मात्रामा हुन्छ । यसका साथै प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट पनि हुन्छ । प्याजलाई बाहिरी देशमा काँचो सलादका रुपमा पनि खाने चलन छ ।

पेटको फाइदा – काँचो प्याजको सेवनले पेटमा भएका समस्या कब्जियत, ग्यास्ट्रिक, अल्सरलगायतका रोगलाई ठिक गर्छ । नियमित प्याजको सेवनले फाइदा गर्ने भएकाले यसलाई स्वास्थ्यवद्र्धक मानिन्छ ।

महिनावारीको समस्याबाट छुटकारा – धेरै महिलाहरु महिनावरीको समस्याले पीडित हुन्छन् । यस्तै त हो नि अलिअलि समस्या भइहाल्छ भनेर उपचारमा गएको पनि पाइदैन । यस्तो अवस्थामा प्याजको रसमा मह मिसाएर खाँदा दुखाईबाट छुटकारा मिल्छ ।

मिर्गौलामा फाइदा – नियमित प्याजको सेवनले मिर्गौलामा भएको पत्थरीलाई रोक्न सहयोग गर्छ ।

कपालमा फाइदा – प्याजको रस निकालेर हप्तामा दुई पटकसम्म लगाउदा कपालको जरा बलियो बनाउनको साथै कपाल झर्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । प्याजको रसमा घिउकुमारीको रस मिसाएर लगाउँदा कपाल बढ्न र चिल्लो बनाउन मद्दत गर्छ ।

मुटुलाई स्वस्थ बनाउन – कोही मान्छेमा मुटुमा समस्या छ भने प्याजले रगतलाई पातलो बनाउँछ र मुटुलाई स्वस्थ बनाउछ । काँचो प्याजको रस बनाएर पिउँदा पिसाब सम्बन्धी समस्याको समाधान हुन्छ ।

प्याजको सेवनले खकारको समस्या, सामान्य ज्वरो, खाना नरुच्ने, नपच्ने र झाडापखालाका लागि पनि निकै फाइदा हुन्छ । निन्द्रा नलाग्ने र भोक नलाग्ने समस्या भएको मान्छेमा प्याजले धेरै फाइदा गर्ने मानिन्छ । नियमित प्याज खानेहरुको छाला चम्किलो, आकर्षक र स्वस्थ हुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार ०८:४०