सरकारले निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ६० वर्ष बनाउने भएको छ । अवकाशको उमेरहद संशोधनको प्रावधानधानसहित संघीय निजामती सेवा ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती बिधेयक छिट्टै अघि बढ्ने बुधबार पत्रकार सम्मेलनमार्फत जानकराी दिएका छन् । विधेयकमा अवकाश उमेरहद ६० वर्ष राखिने उनको भनाई छ ।
यद्यपी यो विषयमा संसदबाट हेरफेर हुन सक्नेछ । सबै पक्षको सुझाव समेटेर बिधेयक अघि बढाउन लागिएको उनको भनाई छ । संघीय निजामती ऐन नआउँदा प्रदेश सरकारहरुले कर्मचारी परिचालन गर्न पाएका छैनन् । नयाँ बिधेयक कर्मचारीको अवकाशको उमेरहदबारे लामो समयदेखि विवाद छ ।
सत्यपाटी संवाददाता । काठमाडौं