सूचनाको शक्ति - The Power Of Information

        

अभिनेत्री सुरक्षा पन्तको विवाह भोलि पक्का, को हुन् मानव ?

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच बुधबार इन्गेजमेन्ट भएको छ ।

फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’

बिहीबार चितवनको सौराहामा विवाह समारोह हुनुअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् । तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन् ।

विवाह समारोहमा भाग लिन आफन्त र परिवारजन चितवन जाँदैछन् । ६ वर्षदेखिको प्रेमलाई सुरक्षा र मानवले विवाहमा परिणत गर्न लागेका हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १६:४९