के तपाई नियमित रुपमा यौन सम्बन्ध कायम गर्न रुचाउनुहुन्छ ? यदि हुन्छ भने यो तपाईको निम्ति खुसीको खबर हुनसक्छ कि नियमित सम्भोग तपाईको स्वास्थ्यको लागि अति मुल्यवान छ । ढुक्क हुनुहोस् ! केहि अध्ययनहरुले यसको पुष्टि समेत गरिसकेको छ ।
दाम्पत्य जीवनमा आधाभन्दा धेरै खुशी यौन सन्तुष्टिबाट नै मिल्ने विभिन्न अध्ययनहरुले बताउदै आएको छ । यसैबीच आपसी समझदारीमा हुने नियमित सम्भोगले यौन जोडीलाई नै फाइदा हुने अर्काे तथ्य पनि बाहिरिएको छ ।
यस अर्थमा भन्ने हो भने, व्यक्तिलाई स्वस्थसँगै खुशी बनाउनमा पनि यौनजीवनको महत्वपूर्ण भुमिका रहेको छ । यसबाहेक भावनात्मक सम्बध र प्रजननभन्दा बाहिर पनि अन्य स्वास्थ्यगत दृष्टिकोणले पनि यौन उत्तिकै फाइदामुलक रहेको छ ।
यसले व्यक्तिलाई वैवाहिक सम्बन्धमा लामो समयसम्मको खुशी राख्दै मानसिक स्वास्थ्य रहन मद्दत त गर्छ नै यससंगै सम्भोगले व्यक्तिमा प्रतिरोधात्मक क्षमताको वृद्धि समेत गराउँछ । नियमित सम्भोगले व्यक्तिलाई पुग्ने र पुर्याउने फाइदाबारे यस्तो छ चर्चा परिचर्चा :-
नियमित सम्भोगले व्यक्तिलाई गर्ने फाइदाहरु
- उचित निन्द्रा प्रदान ।
- मुटुरोगीका लागि उपयोगी ।
- तनावबाट छुटकारा पाउनका लागि उत्तिकै उपयोगी ।
- उच्च उक्तचाप भएका व्यक्तिका निम्ति फाइदाजनक ।
- मुटुसँगै शरीरका अन्य मांसपेशीलाई पनि सक्रिय गराउनु ।
- हार्माेनको सन्तुलनका कारण यसले व्यक्तिको स्वस्थ र फुर्तिलो देखाउन समेत मद्दत समेत गर्दछ ।
- यो एक किसिको व्यायाम पनि हो जसले महिलाको पिसाब चुहिने समस्या नियन्त्रणमा योगदान समेत पुर्याउँछ ।
सत्यपाटी संवाददाता । काठमाडौं