सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्ज–१२ मा जेष्ठ नागरिक मिलन केन्द्र भवन बन्ने

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा जेष्ठ नागरिक मिलन केन्द्र भवन बन्ने भएको छ ।

भवनको मंगलवार शिलान्यास गरिएको छ । पूर्व मन्त्री गजेन्द्रबहादुर हमाल र वडा नम्बर १२ को जेष्ठ नागरिक क्लबका अध्यक्ष अजितकुमार शर्माले जेष्ठ नागरिक मिलन केन्द्र भवनको शिलान्यास गरेका हुन् ।

भवन वडा नम्बर १२ स्थित मरघटियामा बन्न लागेको हो । चालू आर्थिक बर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले बताए । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त २० लाख बजेटमा भवन निर्माण गर्न लागिएको बज्राचार्यले जानकारी दिए ।

निवर्तमान प्रदेश सांसद सुरेन्द्रबहादुर हमालले उपलब्ध गराएको उक्त बजेटमा भवन बन्न लागेको हो । वडा अध्यक्ष बज्राचार्यले वडाका ६० बर्ष माथिका जेष्ठ नागरिकका लागि भेटघाट गर्ने थलोका रुपमा भवन बनाउन लागिएको बताए ।

उनका अनुसार हाल वडा नम्बर १२ मा करिब ६०० जना जेष्ठ नागरिक छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १९:४७