सूचनाको शक्ति - The Power Of Information

        

वडाको नियमै कडा, ‘विवाहपूर्व अनुमति अनिवार्य’

दैलेखको गुराँस गाउँपालिका–८ ले वडाभित्र विवाह सम्बन्धी नयाँ नियम लागु गरेको छ ।

अबदेखि विवाह गर्नुभन्दा पहिला नै वडाको सिफारिस लिनुपर्ने नियम लागु गरिएको वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए । उनका अनुसार वडामा कानुन विपरीत हुने बाल विवाह निषेध गर्न यो नियम लागु गरिएको हो ।

फागुन १२ गतेको बसेको वडा समितिको बैठकले अब वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यस पूर्व नै वडा कार्यालयबाट अनुमति पत्र लिने नियम लागु गरिएको उनको भनाई छ ।

साथै ३५ दिनभित्र गर्नुपर्ने विवाह दर्ता गर्न आउँदा वडा कार्यालयबाट जारी गरिएको अनुमति पत्र अनिवार्य रूपमा लिएर आउनु समेत अनुरोध गरिएको उनले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १९:११