एउटा निश्चित उमेरपछि व्यक्तिको यौनजीवनमा विभिन्न समस्या देखिनु सामान्य हो । बढ्दो उमेरसंगै हार्माेनको स्तरमा आउने गडबढिका एवम् शरीरको ऊर्जामा आउने कमीका कारण यस्ता समस्याहरु देखा पर्दछ ।
युवावस्थाको ठिक विपरित ५० वर्ष कटेपछि सम्भोगका लागि अझ बढि सर्तकताखुला दिमाग र शारीरिक एवम् मानसिक ऊर्जाको आवश्यकता पर्दछ । उसोभए यी सब प्राप्त गर्नका लागि के गर्ने त ? अझ भनौं ५० वर्षको उमेरपछि पनि व्यक्तिले यौन सन्तुष्टि कसरी प्राप्त गर्ने त ?
यसका लागि व्यक्तिले अलिकति फराकिलो दृष्टिकोणबाट सोच्नुपर्ने विज्ञहरु बताउँछन् । स्वस्थ यौनजीवनका लागि हामीले पाचौं दशक कटेपछि पनि स्वस्थ यौनजीवनलाई यथावत् राख्नका लागि अपनाउनु पर्ने उपयोगी काइदाहरु यस्ता छन्,
१. नियमित शारीरिक व्यायाम नियमित व्यायामबाट व्यक्तिको मांसपेशीहरु तन्किने र मजबुत हुने हुन्छ । जसले शरीरमा एक किसिमको ऊर्जा उत्पन्न हुन्छ । यसका साथै व्यायामबाट शरीरको आकारमा आउने परिवर्तनका कारण व्यक्तिमा एक किसिमको आत्मविश्वास स्वतः उत्पन्न हुन्छ । जसले पनि व्यक्तिको यौनजीवनलाई बढावा दिन मद्दत गर्दछ ।
२. सदैव केहि नयाँ गर्ने कोसिस गरी रोचक बनाउनुहोस् जब तपाई लामो समयसम्म एकै रुपमा आफ्नो पार्टनर सामु प्रस्तुत हुनुहुन्छ, तब तपाईको पार्टनरमा पनि यसले एक किसिमको दिग्दारी उत्पन्न गराउन सक्छ । तसर्थ, यसो नहोस् भन्नका लागि तपाईले आफ्नो पार्टनरका साथ केहि नयाँ रुपमा प्रस्तुत हुने कोशिस गर्नुपर्छ । यसो गर्नाले तपाईले यौन जीवनमा रोचकता प्रापत गर्न सक्नुहुन्छ ।
३. यौनजीवनभन्दा पर रहेर सोच्नु ‘थिंक वियोन्ड दि सेक्स’ अर्थात्, यौनसम्बन्ध भन्दा पर रहेर सोच्नु । हरेक समय यौनलाई मात्रै प्राथमिकता दिएर यौनसम्कर्पको दौरानमा आफूले पहिलेजस्तो प्रस्तुती दिन भनेर सोच्नुभन्दा अन्य यस्ता अनेकौं उपायहरु छन् जसले तपाईलाई आनन्द प्रदान गर्छ । तसर्थ सदैव यौनमा मात्रै तल्लीन नभई यौनभन्दा टाढा रहेर सोच्नु पनि आवश्यक रहन्छ ।
४. आफ्ना समस्याबारे यौन पार्टनरलाई खुलस्त पार्नुहोस् बढ्दो उमेर यौनसँगै गतिविधिमा पनि कमी आउँदै जानुलाई एक स्वभाविक प्रकृया मानिन्छ । बढ्दो उमेरमा यो जुनसुकै व्यक्तिमा पनि देखिन्छ र, यसलाई हामीले नकार्न सक्दैनौं ।
हामीले के बुझ्नुपर्छ, भने स्वस्थ यौनजीवन भन्नाले सम्भोगको दोरानमा उचित प्रदर्शन मात्र गर्नु नभई पार्टनरसँगको एक स्वस्थ सम्बन्ध पनि हो । तसर्थ, यसका लागि हामीले आफूमा आई परेको समस्या आफ्नो पार्टनरलाई खुलस्त पार्नुपर्छ । यसो गर्नाले पार्टनरले सोहि अनुरुप तपाईलाई मद्दत गर्न सक्छ भने तपाईबीचको भावनात्मक निकटता सोहि किसिमले यथावत् रहिरहनेछ ।
सत्यपाटी संवाददाता । काठमाडौं