सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

सूचना

मनको कुरा मनमै राख्नुपर्छ
भन्ने विचार बोकेका
धार्मिक भक्तजनलाई
उसले बोल्यो
‘नसुनाओ तिमीहरू
आफ्नो समस्या
तथा आफ्नो मानसिकता बोकेर
अनि गर तपस्या’
किनकि त्यहाँ उपस्थित सबैलाई
तप चाहिएको थियो ।
हल्ला गर्न पल्किएका उनीहरूको नारा थियो
‘गलत सूचना सम्प्रेषण’
उसले मतलब गरेन ।

निन्दा भयो भन्ने भक्तजनलाई
उसले बोल्यो
‘जाओ निन्दा गर्न उक्कसाउने वा दण्ड दिन सुरु गरेर देखायो
अनि औँल्यायो
धार्मिक भीडका दुई व्यक्ति
जो रमाइलो मानिरहेका थिए निन्दामा’
उसले बोल्यो
‘त्यसैले हिन्दु धर्ममा भगवान चरित्र लेखकले बनाइदिए
भगवानलाई स्वतन्त्र बनाएर’
उसले थप बोल्यो
‘सक्छौं भने धर्मको मार्गमा चलेर देखाओ’

धार्मिक भक्तजन
जो अधर्म गर्न तल्लीन थिए
उनीहरूले बाटो पाए अधर्म गर्न
उसले बोल्यो
‘असली भगवान खोजेर देखाओ’

भिडमा असली भगवानको खोजी भयो
उसले बोल्यो
‘कलियुगमा भगवान आउँदैनन्
अब सत्य युगलाई पर्ख
सत्य युगमा पनि भगवान नआउन सक्छन्’
गलत सूचना सम्प्रेषण गर्ने
भक्तजनलाई उसले बोल्यो
‘नयाँ व्यक्ति खोजेर सुनाउ
आफ्नो मनलाग्दो कहानी’

उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
‘हे ईश्वर, तिमी कलियुगमा किन आयौं ?’
तब ईश्वरले बोले
‘युग पनि लेखककै कमाल हो
युग भन्ने कालखण्ड हुँदैन
सदैब बगिरहने समय मात्र हुन्छ’
उसले प्रश्न गर्यो
‘दोषी भगवान भए की लेखक ?’
ईश्वरले प्रश्नको जवाफ दिएनन
त्यसैले उसले ईश्वरमा विश्वास गर्न छोड्यो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १६:३१