सूचनाको शक्ति - The Power Of Information

        

८० हजार लिटर डिजेलमा किन मिसाइयो मट्टितेल ?

८० हजार लिटर डिजलमा मट्टितेल मिसावट गरेको पुष्टि भएपछि थप परीक्षणका लागि भारत पठाइने भएको छ ।

नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरूमा कति मात्रामा मट्टितेल मिसावट भएको हो भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि स्याम्पल भारत पठाउन लागेको हो ।

गत फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको चार वटा ट्यांकरमा मिसावट पाइएको हो । जसअनुसार मे १ ख २१४९,मे १ ख २१५१, ना ७ ख १५०७ र ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा ल्याइएको कुल ८० हजार लिटर डिजलमा मटितेल मिसावट भएको प्रमाणित भएको हो ।

सो बारेमा अध्ययन गर्न गठित छानबिन समितिले पनि झापाबाट काठमाडौंको केन्द्रीय ल्याबमा परीक्षणका लागि ल्याइएको डिजलको नमुना परिक्षण गर्दा मट्टितेल मिसावट गरिएको प्रमाणिकरण गरेर प्रतिवेदन पनि बुझाइसकेको छ । समितिले सिफारिस गरे अनुसार मात्र निर्क्यौल गर्न नसक्दा नमुना संकलन गरेर भारत लैजान लागिएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १२:१७