सूचनाको शक्ति - The Power Of Information

        

फागुपूर्णीमा

होली खेलिसकेपछि छालामा हुने समस्याबाट कसरी जोगिने ?

होलीमा प्रयोग गरिएको गुणस्तरहीन रंगमा विभिन्न किसिमको केमिकलहरु मिलाइएको हुन्छ । जसले शरीरको छाला तथा अनुहारमा समस्या आउन सक्छ ।

पहाडी क्षेत्रमा सोमबार मनाइएको होली आज (मंगलबार) तराई–मधेसमा मनाउने क्रम जारी छ । होली रंगहरुको पर्व । होली खेलिसकेपछि पनि रंगको असर भने केही दिनसम्म रहन्छ ।

खास गरेर विभिन्न प्रकारका रंगहरुले छालालाई असर गर्छ । होली खेल्दा प्रयोग गरेको विभिन्न किसिमका रंग र इनामेलका कारण तपाईको अनुहारको वास्तविक चमक उडेको हुनसक्छ । अनुहारको छाला निकै संवेदनशील हुन्छ ।

यस्तै होलीमा प्रयोग गरिएको गुणस्तरहीन रंगमा विभिन्न किसिमको केमिकलहरु मिलाइएको हुन्छ । जसले शरीरको छाला तथा अनुहारमा समस्या आउन सक्छ ।

होलीको रंगले हुनसक्ने असर

  • एलर्जी हुने ।
  • पानीको फोका आउने ।
  • छाला पत्र–पत्र भएर निस्किने ।
  • आँखा तथा मुख सुन्निने ।
  • छाला पोल्ने समस्या देखिन सक्छ ।

होली खेलेपछि छालाको हेरचाह यसरी गरौं

  • रंग तथा इनामेल लगाएको छ भने घाममा धेरै समय बस्नु हुँदैन ।
  • होली खेलिसकेपछि साबुनपानीले राम्रोसँग धुनुपर्छ ।
  • अनुहारमा रंग तथा इनामेल धेरै समय नराख्ने ।
  • रंग मेट्दा कपडा वा कुनै वस्तुले रगड्नु हुँदैन ।
  • रंग नमेटिएमा मोस्चलाइजर क्रिमको सहायताले विस्तारै मेट्न सकिन्छ ।
  • रंगका कारण छाला पोल्ने समस्या देखिएमा मोस्चलाइजर क्रिम लगाउनुपर्छ ।
  • रंगका कारण एलर्जी हुने, छाला रातो हुने पोल्ने फोका आउँने समस्या देखिएमा छालारोग विशेषज्ञ चिकित्सकको परार्मशमा औषधि उपचार गर्नुपर्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १२:०८