सूचनाको शक्ति - The Power Of Information

        

‘ए’ डिभिजन लिगमा आज दुई खेल

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबार दुई खेल हुँदैछ ।

एन्फा कम्प्लेक्समा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा ‘ए’ डिभिजनका दुई नव प्रवेशी क्लबहरु चर्च ब्वाइज युनाईटेड र एफ.सी खुमलटार भिड्ने छन् ।

पहिलो खेलमा पुलिस क्लबलाई हराएको चर्च ब्वाइज जारी लिगमा लगातार दुई खेल जित्ने योजनामा छ ।

खुमलटार पनि दोस्रो जितको खोजीमा रहेको छ । खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थियो ।

मंगलबार नै च्यासल मैदानमा हुने खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लब भिड्नेछन् ।

ललितपुरका दुबै टोली आज पहिलो जितको खोजीमा हुनेछन् । लिगको पहिलो चरणको खेलमा फ्रेन्ड्सलाई खुमलटारले हराएको थियो भने थ्री स्टार क्लब एपीएफसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार ०८:१२