आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनबीच सहकार्य गर्ने सम्भावना देखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) निकटका विद्यार्थी संगठनबीच सहकार्य गर्ने विषयमा आइतबार बैठक बसेको थियो ।
बैठकमा मध्यपश्चिम विश्वविद्यालयका ११ वटा क्याम्पसमा संयुक्त प्यानल खडा गरी मनोनयन गरिसकेको अवस्थामा त्रिविमा पनि तीनवटै संगठनबीच सहमति गर्ने सम्भावना रहेको छ ।
एकिकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेस पराजुलीले मध्यपश्चिम विश्वविद्यालयमा तीन संगठनबीच सहमति भइसकेको जानकारी दिँदै भन्नुभयो– ‘सोही आधारमा अब चैत ५ गते हुन लागेको त्रिवि र ८ गते हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयमा तीन संगठनबीच सहकार्य गर्नेछौं ।’
सत्यपाटी संवाददाता । काठमाडौँ