सामान्यतयाः अविवाहित जोडी तथा मल्टि पार्टनर हुने अधिकांश व्यक्तिमा यौन सम्पर्कपछि मानसिक तनाव हुने गरेको पाइन्छ । त्यस्ता व्यक्तिले कायम राख्ने शारीरिक सम्बन्ध उनीहरुमाथि नै मानसिक रुपमा हावी भइदिन्छ ।
जसकारण उनीहरु थुप्रैै मानसिक तनाव, चिन्ता र आत्मग्लानीको महशुस गर्छन् । यद्यपि व्यक्तिमा आउने यस्तो सोचलाई भने स्वाभाविक मानिन्छ । तर, यसलाई आफूमा पूर्णरुपमा हावी हुन भने दिनुहुँदैन । भनेपछि यस्ता सोचलाई कसरी कम गर्ने त? अर्थात् यसको नियन्त्रणका उपाय के हुन सक्छ ?
पहिले यो बुझौं कि तपाई मात्र होइन जसले यस्तो कार्य गर्नुभएको छ
कुनै पनि यौन सम्बन्ध पार्टनरबीचको सहमतिमै भए पनि सम्बन्ध कायम भएपश्चात् भने अब के–कसो हुने हो भन्ने एक किसिमको चिन्ता एवम् मानसिक तनाव बढ्न सक्छ । वा भर्खरै सम्बन्ध कायम भएको व्यक्तिसँग तपाईको अन्य कुनै सम्बन्ध थिएन ।
तर, पनि तपाईले उसँगै शारीरिक सम्बन्ध कायम गर्नुभयो भनेर तनाव लाग्न सक्छ । तपाईलाई जब यस कुराको ज्ञात भयो, तब तपाईमा एक किसिमको छटपटाहट या वितृष्णा पैदा हुन थाल्यो । के तपाईलाई पनि यस्तै–यस्तै चिन्ताले सताएको छ ?
यदि छ भने सर्वप्रथम यो बुझ्नुस् यस्तो भाव वा सोचाई आउने तपाई मात्र होइन । अंकमाल, चुम्बन तथा कुनै पनि किसिमका यौनिक गतिविधिपछि व्यक्तिमा यस्ता किसिमका तनाव पैदा हुन सक्छन् । र, यो जायज पनि छ, तर, यो गल्ती भने होइन । किनकी यो दौड या हुलमा तपाई मात्र एक्लो हुनुहुन्न ।
सम्भोगपछि यो सबैमा हुन्छ नै भन्ने छैन तर यसको सम्भावना भने रहन्छ
‘पोस्ट–कोइटल डिस्फोरिया’ अर्थात् सहवासपछि हुने असहजपन । यसलाई पोस्टकोइटल ‘ट्रिस्टेस’ या सहवासपछि हुने उदासीपन पनि भनिन्छ । यसले एक किसिमको चिन्ता उत्पन्न गर्छ ।
सन् २०१५ मा गरिएको २३३ छात्रामा गरिएको एक सर्वेक्षण अनुसार, उनीहरुमध्ये ४६ प्रतिशतमा पिसिडि देखिएको थियो भने सन् २०१९ मा छात्रमा गरिएको सर्वेक्षणमा ४१ प्रतिशतले आफ्नो जीवनकालमा कुनै न कुनै क्रममा पिसिडिको महशुस गरेका थिए ।
जसअन्र्तगत सम्भोग कायम भएपछि व्यक्तिहरु चिन्तित रहने, आवेशमा आउने, व्याकुल हुने र रुने गर्छन् । यौन सुख प्राप्त गरे या नगरे पनि व्यक्तिमा यो सम्बन्ध कायम भएपछि ५ मिनेट, २ घन्टा या जुनसुकैै समयमा पनि हुनसक्छ ।
आखिर व्यक्तिमा यस्तो भाव किन पैदा हुन्छ त ? यस्ता छन् कारण
१. सम्भोगपछि शरीरमा उत्पादन हुने विभिन्न हार्माेनको प्रतिकृया,
२. आफ्नो सम्बन्धप्रतिको सोचाइ,
३. यौन तथा आफ्नो शरीरप्रतिको सोच,
४. सामान्य चिन्ता र डर,
विगतका केहि दुर्व्यवहार तथा पीडादायक घटना
तसर्थ, सम्भोगपछि हुने तानव माथि उल्लेखित पक्षहरुसँग सम्बन्धित भएकाले पनि यसलाई स्वभाविक मानिन्छ । तर, यस्ता भावलाई उचित रुपमा नियन्त्रण गर्न नसक्दा कालान्तारमा यसले व्यक्तिलाई मानसिक रुपमा विक्षत समेत बनाउने सम्भावना रहनछ । तसर्थ, यसलाई बेलैमा नियन्त्रण गर्नु उचित रहन्छ ।
यस्ता भावहरु पैदा भएमा के गर्ने त ?
जब तपाई आत्तिनुहुन्छ या डर, चिन्तामा हुनुहुन्छ तब लामो र गहिरो श्वास लिनुहोस् । यदि तपाईलाई श्वासप्रश्वास सम्बन्धिका व्यायामहरु थाहा छ भने त्यो पनि गर्न सकिनेछ । यसले मतिष्कमा चलिरहेको त्यस्ता नकरात्मक सोचहरुलाई कम गर्न मद्दत गर्छ ।
यस्तै, जब तपाईको दिमागमा केहि नकरात्मक सोच एवम् घटनाको सोचले बारम्बार पिडा दिइरहन्छ या त्यस्ता कुरा याद आइरहन्छ । त्यस्तो समयमा वर्तमान समयमा ध्यान दिएर आफूलाई नियन्त्रणमा राख्ने कोशिस गर्नुहोस् ।
जस्तो उदाहरणका लागि तपाईको अगाडि तीन वटा वस्तु जे छ त्यसको नाम लिनुहोस् । त्यसपछि तपाईले सुन्नुभएको तीन वटा वस्तुको नाम लिनुहोस् र अन्त्यमा आफ्नो शरीरको तीन अंगहरु चलाउनुहोस् ।
र, आफूलाई त्यस्ता सोचबाट राहत दिलाउने अर्काे उपाय भनेको वर्तमानमा भएको आफूलाई फोकस गर्नुहोस् र प्रश्नोत्तर गर्नुहोस् जस्तै, आफैले आफैसँग के म सुरक्षित छु ?, अहिले के भइरहेको छ , अहिले मैले के गर्नुपर्छ ? र म कहाँ हुनु पर्ने हो ? के मेरो पार्टनरले मलाई यसमा मद्दत गर्न सक्छ ?
यस्ता प्रश्नोत्तरपछि यदि तपाईलाई आफ्नो पार्टनरलाई यो सब बताउनुपर्छ जस्तो लाग्छ र तपाई बताउन पनि सक्नुहुन्छ भने तपाईले आफ्ना पाटनरसँगको साझेदारीमा पनि यसलाई कम गर्न सक्नुहुन्छ ।
कहिलेकाँहि आफ्ना भावहरु कोहि दोस्रो व्यक्तिसंग सेयर गर्दा यसले पनि व्यक्तिलाई धेरै राहत दिन्छ । तर, यदि तपाई आफ्नो पीडा र गोप्यनीयता कसैसँग बाड्न चाहानुहुन्न भने तपाई नबताउन पनि सक्नुहुन्छ । एकचोटि तपाई यस चिन्ताबाट मुक्त हुनुभयो भने पुनः सोहि क्रम नदोहोरियोस् भन्नका लागि तपाईे निम्न प्रश्न आफैमा गर्नुहोस् ।
- के मलाई यस अवस्थासम्म पुर्याउनमा मेरो पार्टनरको कस्तो थियो ? या ममा आाएको यो सोच बिना योजना नै आएको हो त ?
- यस्ता सोचको मुख्य कारण सम्भोग वा मेरो पार्टनर नै नै हो त ?
- कि जीवनमा भइरहेका अन्य कारणहरु हुन् ?
- यसअघि म केहि पीडादायक घटना वा दुरव्यवहारको शिकार भएको छु ?
- यो भाव मतै मेरो आफ्नै परिकल्पनाका कारणत उत्पन्न भइरहेका छैनन् ?
- के यसले आवश्यकभन्दा बढि नै सताएको हो त ?
यस्ता प्रश्नोत्तरले तपाईलाई सो समस्याबाट मुक्त हुन राहत दिनेछ भने, यस्तो गुणस्तरीय थेरापी आफूलाई मद्दत गर्न सक्ने व्यक्तिबाट पनि लिन सकिन्छ । विगतमा घटेका घटना तथा असह्य दुर्व्यवहारले पनि यस्ता भावहरु पैदा गर्छन् । तसर्थ, यस्ता भावनाका विषयमा खुलेर आफ्ना पार्टनरसँग कुरा गर्दा पनि यसले धेरै राहत प्रदान गर्छ ।
यदि सम्भोगपछि तपाईको पार्टनरमा यसता समस्या देखिन थालेको छ भने उसलाई सम्झाउने, बुझाउने, उसको कुरा सुनिदिने गर्नुपर्छ भने उसको प्रस्तुतीलाई स्तरीकरण गरेर उसलाई बारम्बार यसबारे भनिरहनु हुँदैन । यसले उनीहरुमा अझ बढी आघात पुग्ने सम्भावना रहन्छ । यसका साथै दुवैजना मिलेर सम्बन्धित विशेषज्ञको परामर्श समेत लिने सकिन्छ ।
अन्त्यमा, सम्भोगपछि पैदा हुने मानसिक तनाव अस्वभाविक होइन । यस्ता भाव पैदा हुनु जायज पनि छ । यद्यपि यस्ता भावले नियमित सताउन थालेमा भने थेरापिस्ट एवम् सम्बन्धित विशेषज्ञसँग परामर्श लिनु उचित रहन्छ । उनीहरुले तपाईलाई यस्ता अनावश्यक सोचाईबाट बाहिर निस्कन मद्दत गर्नेछन् ।
सत्यपाटी संवाददाता । काठमाडौं