सूचनाको शक्ति - The Power Of Information

        

बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन मज्जाले पाइन्छ: बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न नहुने बताउनुभएकाे छ ।

उहाँले साेमबार बिहान सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्ताे बताउनुभएकाे हाे । शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ले हेर्नुपर्ने उहाँले तर्क गर्नुभएकाे हाे ।

बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाउन पाइने तर शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टीआरसीले मात्र हेर्नुपर्ने उहाँकाे भनाइ छ । उहाँले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउनै पाइदैन भनेकाे चाहीं नएकाे बताउनुभयाे ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा यस्ताे लेख्नुभएकाे छ:

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार ०९:१७