सूचनाको शक्ति - The Power Of Information

        

त्रिविमा स्ववियु निर्वाचन : मतदाता नामावली सार्वजनिक

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार अन्तिम मतदाता नामावली सार्वजनिक भएको छ।

त्रिविले सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिकाअनुसार त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अन्तिम नामावली सार्वजनिक गरेको हो। ५ चैतमा मतदानको कार्यतालिका छ।

त्रिविको आंगिक सरस्वती बहुमुखी क्याम्पस प्रमुख डा. गोलमान गुरुङले लामो समयपछि हुन लागेको स्ववियु चुनावको माहोल बनेको बताए।

उनले भने, ‘संघ संगठन दर्तादेखि आइतबार मतदाता नामावली सार्वजनिक भएको छ, धेरै वर्षको अन्तरालमा हुन लागेको स्ववियु निर्वाचनको वातावरण निर्माणमा जुटिरहेका छौँ। विद्यार्थी संगठन निर्वाचन हुनेमा आश्वस्त छन्। सबै सकारात्मक छन्।’

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार १८:५८