सूचनाको शक्ति - The Power Of Information

        

हिउँ परेपछि मनाङका कृषक खुशी

हिउँ परेपछि मनाङका कृषक खुशी भएका छन् ।

हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङका कृषक ढिला गरी भएको हिमपातले तरकारीको उत्पादन राम्रो हुने भन्दै खुशी भएका हुन् ।

चैत, बैशाखमा लगाइने यहाँको मुख्यबाली आलु र करुका लागि पुसमा हिउँ पर्नु पर्ने हो तर ढिलो गरि भएको हिमपातले पनि उत्पादनमा सहयोग पुग्ने किसानको विश्वास छ ।

समयमा हिमपात नहुँदा मुस्ताङमा स्याउ उत्पादनमा असर परेको किसानको भनाई छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार १८:४५