सूचनाको शक्ति - The Power Of Information

        

जहाजभित्रै सँगै बसेका यात्रुमाथि पिशाव फेरिदिएपछि…

अमेरिकाको न्यूयोर्कबाट दिल्ली आइरहेको अमेरिकी एयरलाइन्सको जहाजभित्रै एक यात्रीलाई अर्का यात्रीमाथि पिशाव फेरिदिएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार यो जहाज शनिबार राति दिल्लीमा अवतरण गरेको छ । पीटीआईका अनुसार पिशाव फेरिदिने ती यात्रु अमेरिकी युनिभर्सिटीमा पढ्ने विद्यार्थी हुन् ।

उनी मदिरा पिएर मातेको अवस्थामा थिए । जब उनी निदइरहेका थिए, तब उनले अर्का यात्रुलाई पिशाव फेरिदिएका हुन् । आफ्नो शरीरमा समेत पिशाव लागेपछि ती अर्का यात्रुले चालक दलका सदस्यसमक्ष गुनासो गरेका थिए ।

एयरलाइन्सले यस मामिलालाई गम्भीरतापूर्वक लिँदै एयरपोर्टमा जहाज अवतरण भएपछि एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी दिएका थिए । जहाज अवतरण हुनेबित्तिकै सीआईएसएफले अभियुक्तलाई पक्राउ गरेर पुलिसमा बुझाइदिएको छ ।

पुलिसले यो घटनामा दुवै व्यक्तिको बयान लिएर जाँच अघि बढाएको छ । समाचार एजेन्सी एएनआईका अनुासर इन्दिरा गान्धी विमानस्थलका डीएसपीले अमेरिकी एयरलाइन्समा एक यात्रीले अर्का यात्रीलाई पिशाव फेरिदिएको उजुरी आएको बताएका छन् ।

उनले अभियुक्तको पहिचान गरिएको भन्दै कानुनी कारवाही अघि बढाइसकेको उल्लेख गरे । केही महिनाअघि पनि एक जहाजमा यात्रुमाथि पिशाव फेरिदिएको घटना सार्वजनिक भएको थियो । यो घटनाको सामाजिक सञ्जालमा धेरै चर्चा भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार १४:०६