सूचनाको शक्ति - The Power Of Information

        

आठ दलीय गठबन्धनको बैठक बस्दै

आठ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ ।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका दलको बैठकमा सरकारमा सहभागी हुने दलका बारेमा पनि छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

भागवण्डा मिलाउन उनले नयाँ समिकरणका दलहरुसँग परामर्श गरिरहेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार १०:२४