सूचनाको शक्ति - The Power Of Information

        

काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको धक्का काभ्रेसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । यसअघि चार दिनअघि फागुन १७ गते ताप्लेजुङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार ०८:५८