सूचनाको शक्ति - The Power Of Information

        

साढे सत्र लाख डिम्याट खाता बन्दको तयारी

 धितोपत्र कारोबारका लागि खोलिएका डिम्याट कुल खातामध्ये ३२ प्रतिशत खाता पूरै निष्क्रिय रहेको पाइएको छ।

हाल देशभर ५५ लाख ७७ हजारभन्दा बढी डिम्याट खाता खोलिएको छ। जसमध्ये १७ लाख ६३ हजारभन्दा बढी खाता पूरै निष्क्रिय रहेको सीडीएससीले जनाएको छ।

सीडीएससीका अनुसार ती खातामा कुनैपनि कम्पनीको शेयर छैन र लामो समयदेखि खाता नवीकरणसमेत गरिएको छैन।

कुनै पनि लगानीकर्ताले दुईओटा हितग्राही खाता खोलेको खण्डमा दुवै खाता सञ्चालनमा रहेको हुनुपर्ने सीडीएससीका प्रवक्ता न्यौपानेको भनाइ छ।

हाल निष्क्रिय रहेका ३२ प्रतिशत हितग्राही खाता २०७३ सालदेखि नै सञ्चालनमा नभएको बताइएको छ।

वार्षिक सय रुपैयाँ तिरेर नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार हाल निष्क्रिय रहेका खाता पुनः सञ्चालनका लागि नवीकरण लागत पनि बढी हुने भएकाले ती खाताहरू बन्द गराउँदा नै प्रभावकारी हुने सीडीएससीले जनाएको छ।

घरमै बसेर नवीकरण गर्न सकिने व्यवस्था भएको अवस्थामा लामो समयदेखि नवीकरण नभई निष्क्रिय रहेका ती खाता सञ्चालनमा लगानीकर्ताले समेत चासो नदिएको पाइएको हो।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार ०७:३७