धर्मको भीडले
उसलाई नलेख भनेर भने
उसले नहेर भनेर जवाफ फर्कायो
उसलाई नबोल भनेर भने
उसले नसुन भनेर जवाफ फर्कायो ।
सत्यको चर्चा गर्ने नगर्ने उनीहरूलाई
सत्यको मार्गमा हिँड्न कठिन भएको थियो
सत्यको मार्गमा रमाइलो हुँदैन
धर्मले आनन्द आउँछ भनेर घाँस हाल्न छोड्दैन ।
उसले बोल्यो,
उ परीक्षामा फेल भएको कुरा
उसका परिवारले थाहा पाए
उ पनि हिन्दी कथानक चलचित्र
‘मुन्ना भाई एम.बि.बि.एस.’ जस्तै
नेपाली संस्करणको
‘प्रा.डा अर्जुन दाहाल’ बन्ने थियो ।
उसले बोल्यो
‘तिमीहरू स्वतन्त्रताको विरोधी हौ
नैतिकताको विरोधी हौ
अनि तिमीहरूलाई किन चाहियो स्वतन्त्रता
र नैतिकता ?’
भीडसँग जवाफ थिएन ।
उसले बोल्यो
त्यसो भए धर्ममा विश्वास गर ।
बाइबल पनि नेपाली संस्करणमा अनुवाद हुँदा
ईश्वर शब्दको साटो
परमेश्वर शब्द बोकेर आयो,
सायद ईश्वर भन्दा परमेश्वर ठुलो हुन भनी,
‘परम’ धातुमा ‘ईश्वर’ प्रत्यय बनेर बनाइयो
परमेश्वर शब्द ।
उसले बोल्यो
सबैले खोज्ने सत्य नै हो,
त्यसैले कौरवले पनि युधिष्ठिरले झुट बोल्दा
विरोध गरे ।
अधर्मी कहलिएको रावणले पनि
विभीषणलाई कुल द्रोहीभन्दा
धर्म नै खोजेको थियो ।
भाग्य हेरेर प्राकृति लाई चुनौती दिन तत्पर
धार्मिक भीडले
कसलाई टक्कर दिए
उनीहरु नै जानुन्
जसले प्रकृतिको सृष्टि
तथा आफ्नो उत्पत्तिको बारेमा बोल्न सकेनन् ।
धार्मिक भीडले
न त उसलाई शक्ति स्वरुप बनाउन सके
न त आफु मनुष्य हुन सके
अनि बोले
प्रकृतिनै ठुलो
उसले सोध्यो
‘अनि परमेश्वर चाहिँ ?’
भीडसँग जवाफ थिएन ।
उसले अनि बोलिदियो
‘तिमीहरु एक अर्का लाई टक्कर देऊ
र प्रतिस्पर्धा गर ।’
उसले सोध्यो
‘मनुष्य बनेर उसले जति कर्म र भोगाइ गरेर
टक्कर दिन सक्ने कोही छन् ?’
भीडसँग जवाफ थिएन ।
उसले मतलब गरेन
माया र शक्तिको भोका भक्तजनप्रति ।
ईश्वरको भक्ति गर्न छोडेको
मुन्ना भाईजस्तै प्रा.डा अर्जुन दाहालले
परमेश्वरको पनि भक्ति गरेन
अनि बोल्यो गर्यो
‘शक्ति स्वरूपका भगवानले
खाने होइनन्, पिउने होइनन्
त्यसैले किन फलफुल इत्यादि द्रव्य चढाउँछौं
तिमीहरूले अधर्म गर्यौ
किनकि धर्मले अन्य द्रव्यलाई खेर फाल्नु पाप भन्दछ
अन्नले सराप्दछ भन्दछ
मनुष्य चाहे भने भगवान बन्न सक्दछन्
तर भगवान मनुष्य बन्न सक्दैनन्
धार्मिक भीडले प्रश्न गर्यो
‘किन भगवान मनुष्य बन्न सक्दैनन् ?’
उसले धर्म शास्त्र देखायो
जहाँ मनुष्य हुने भगवान
राम, कृष्णदेखि शिव शर्मा
सबै दैविक शक्तिले परीपूर्ण थिए
अनि बोल्यो
‘भक्तले भगवानले दुःख पाएको हेर्न चाहेनन्
भगवान नै बनाईराखे
त्यसैले भगवान मनुष्य बन्न सक्दैनन्
किनकि मनुष्यलाई बाँच्न
गाँस, बास, कपास चाहन्छ
भगवानलाई चाहिँदैन,
त्यसैले अर्पण नगर भगवानलाई
अन्नले सराप्ला ।’
अर्जुन दाहाल । काठमाडौं