सूचनाको शक्ति - The Power Of Information

        

आइतवार सुर्यदेवको पुजा गर्नुहोस्, मिल्नेछ चमत्कारी लाभ

आइतवार बिक्रम सम्बत् पात्रो मान्नेहरूलाई हप्ताको पहिलो बार हो । यसलाई संस्कृतमा रविवार पनि भनिन्छ । यसलाई भानुवारको नामले पनि चिनिन्छ । ज्योतिषशास्त्र अनुसार यसलाई सूर्यको नामबाट नामाकरण गरिएको हो । आइतवार भगवान सूर्यको दिन हो ।

यस दिन भगवान भुवन भास्करको आराधना गर्दछन् । आइतवारको दिन सूर्य व्रत राख्ने वाले व्यक्ति पुरै दिन घिउ, तेल र नुनको सेवन गर्दैनन् । यस दिन रातो रंगको वस्त्र धारण गर्दा सूर्यदेव प्रसन्न हुन्छन् । पूजामा लाल चन्दनको टीका लगायर सूर्य देवलाई रातो फूल चढाउदा अत्यन्त लाभ हुन्छ ।

सूर्य देवको आराधना यसरी गर्ने

आइतवारको दिन नवग्रह मन्दिर गएर सूर्यदेवलाई चन्दनको लेप लगाउनुहोस् । धुपदीप जलाउनुहोस् । सूर्यदेवलाई जलले स्नान गर्नुहोस् । कुमकुमले टीका लगाउनुहोस् । त्यस पश्चात् चामल, मीठाई र पुष्प अर्पित गर्नुहोस् । अब सूर्य देवको समक्ष बसेर सूर्य देवको यो मन्त्रको जप गर्नुहोस् ।

ऊँ खखोल्काय शान्ताय करणत्रयहेतवे ।
निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे ।।
त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम् ।
भूर्भुवः स्वस्त्वमोङ्कारः सर्वो रुद्रः सनातनः ।।

सूर्यदेवलाई जल अर्पित गर्ने विधि

सूर्यदेव एकमात्र यस्तो देव हुनुहुन्छ जसलाई हामी प्रत्यक्ष देख्न सक्छौ । त्यसैले सूर्यदेवको आराधना घरमा पूजा स्थलमा गर्नुभन्दा घर बाहिर खुला ठाउँमा सूर्यदेवको समक्ष पुजा गर्दा ज्यादा फलदायी हुन्छ । सूर्यदेव आराधनामा सूर्यदेवलाई जल अर्पित गर्नु सबभन्दा महत्व रहन्छ ।

यसलाई हामी सूर्यलाई अर्ध्य दिनु भन्छौ । सूर्यदेवलाई अर्ध्य दिन बिहानै सूर्योदयभन्दा पूर्व उठेर स्नान गर्नुहोस् र सूर्य उदय हुने बितिकै पूर्व दिशातिर मुख गरेर उभिनुहोस् । एक तामाको पात्रमा जल भरेर अलिकता चामल, अलिकति चिनी, पुष्प राख्नुहोस् र कुमकुम जलमा छर्कनुहोस् ।

अब सूर्यदेवको अगाडि उभिएर तामाको पात्रद्वारा दुइटै हातले जल जमीनमा छोड्नुहोस् । ध्यान् दिनुहोस्, तामाको पात्रलाई आफ्नो छातीको सामुने र सूर्यदेवलाई जल अर्पित गर्दै पात्रलाई कन्धाबाट माथि लग्ने प्रयास गर्नुहोस् । पात्रबाट तल बग्ने जलधारामा सूर्यको प्रतिबिम्बलाई हेर्ने प्रयास गर्नुहोस् ।

सूर्यदेवलाई अर्ध्य दिने समय निरन्तर सूर्यदेवको यो मन्त्रको जप गर्दै रहौ, “ॐ सूर्याय नमः” । सूर्य देवलाई अर्ध्य दिए पश्चात् तल झुकेर जललाई स्पर्श गर्नुहोस् र अन्त्यमा सीधा उभिएर हात जोडेर सूर्यदेवलाई प्रणाम गर्नुहोस् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार ०६:४०