नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ८५ पैसा र बिक्री दर १३१ रूपैयाँ ४५ पैसा रहेको छ । युरो एकको खरिद दर १३८ रूपैयाँ ८२ पैसा र बिक्री दर १३९ रूपैयाँ ४६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ९० पैसा र बिक्री दर १५७ रूपैयाँ ६२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

सत्यपाटी संवाददाता । काठमाडौं