सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

सुदूरपश्चिम र लुम्बिनीमा हावाहुरी, तीन प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा अपरान्हतिर हावाहुरीको सम्भावना रहेको छ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार ०६:२१