सूचनाको शक्ति - The Power Of Information

        

२०७९ फागुन २१ गते आइतबार, हेर्नुहोस् तपाईंको राशिफल

२०७९ फागुन २१ गते आइतवार, ५ मार्च २०२३ । फाल्गुण शुक्लपक्ष त्रयोदशी तिथि, १४ः२८ बजेदेखि चतुर्दशी । अश्लेषा नक्षत्र, २२ः०० बजेपछि मघा । चन्द्रराशि– कर्कट, २२ः०० बजेपछि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ । साइनो गाँसेर लाभ उठाउनेहरूले दुःख दिनेछन् । बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला । कृषि, पशुपालन तथा घरेलु कामकाजमै बढी समय बित्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन् ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । आकस्मिक खर्च बढे पनि आवश्यक पर्दा सरसापटमार्फत धन जुट्नेछ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । चुनौती चिर्दै काम बनाउन सकिनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

केही दौडधुप गर्नु परे पनि फाइदा हुनेछ । भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । तापनि परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था पनि आउन सक्छ । अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । सरसापटमा केही धन बाहिरिने देखिन्छ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ कामले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका पाइनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा पनि राम्रै फाइदा हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । विशेष अवसरले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विशेष अवसर दिलाउनेछ । पहिलेका समस्या र चुनौती समाप्त हुनेछन् । गरेको कामले नाम र दाम दिलाउनेछ । योजना पूर्ण नभए पनि धनलाभ अवश्य हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ । अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ । अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ । जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय बित्नेछ । कमजोर नतिजा सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला । काममा धेरै दौडधुप गर्नुपर्दा स्वास्थ्य कमजोर हुनेछ । अर्थ अभावले पनि मन पिरोलिन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

केही खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । व्यवसायको सन्दर्भमा पनि रमाइलो यात्रा हुनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । विशेष निम्तो प्राप्त हुनाले आतिथ्य खर्चिलो बन्नेछ । तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । व्यापार बढ्नुका साथै आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार ०६:००