सूचनाको शक्ति - The Power Of Information

        

फाइदाजनक फल अनार खानुका १५ फाइदा

अनारलाई स्वास्थ्यको हिसाबले निकै फाइदाजनक फल मानिन्छ । अनारलाई यौन समस्या, मुटु रोग र क्यान्सरका लागि पनि राम्रो मानिन्छ ।

यस्ता छन् अनारका फाइदा

धमनीको सुरक्षा – अनारले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ, मुटुको धमनीलाई बलियो र लचिलो बनाउँछ ।

पखाला निको पार्छ – ताजा अनारले झाडापखाला र रगत जम्ने समस्या भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ ।

मिर्गौलाको सुरक्षा गर्छ – अनारले मृगौलाको फिल्टरलाई जोगाउँछ । फिल्टरले शरीरबाट हानिकारक अशुद्धता हटाउने काम गर्छ ।

गर्भवती महिलाका लागि फाइदा – अनारमा पाइने भिटामिन र मिनरल्सले समयपूर्व जन्म रोक्न र बच्चाको तौल बढाउन मद्दत गर्छ । अनारमा पाइने पोटासियमले गर्भवती महिलालाई बिहानको रोगबाट बचाउँछ ।

कोलेस्ट्रोल घटाउँछ – अनार एन्टिअक्सिडेन्टले भरिपूर्ण फल हो । यसले शरीरमा खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ ।

क्यान्सर प्रतिरोधी – अनारमा पाइने तत्वलाई क्यान्सर प्रतिरोधी मानिन्छ ।

उच्च रक्तचापलाई नियन्त्रण गर्छ – अनारले रक्तनलीमा हुने सम्भावित क्षतिलाई रोक्छ । यसले रगतलाई पातलो बनाउँछ र शरीरभरि रगतको प्रवाहलाई सहज बनाउँछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ – यसको एन्टिब्याक्टेरियल र एन्टी माइक्रोबियल गुणले भाइरससँग लड्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छ । यसमा पाइने भिटामिन सीले शरीरमा भाइरसबाट हुने संक्रमणसँग लड्न मद्दत गर्छ ।

रक्तअल्पता हुनबाट बचाउँछ – अनारको जुसमा प्रशस्त मात्रामा आइरन पाइन्छ । महिनावारी वा गर्भावस्थामा रक्तअल्पतामा यसको रस धेरै लाभदायक मानिन्छ ।

शरीरलाई शान्त बनाउँछ – अनारमा शरीरलाई शान्त पार्ने तत्व पाइन्छ । यसको गुणका कारण अनारले दम, पायल्स, पखाला र अन्य रोगबाट बचाउँछ ।

कलेजोको उपचार – अनारको जुसले कलेजोलाई जोगाउँदैन तर मदिरा वा अन्य औषधिले कलेजोमा कुनै किसिमको क्षति पुर्याएमा यसले उपचारको रूपमा पनि काम गर्छ । कलेजोलाई प्रभावकारी रूपमा काम गर्न मद्दत गर्दछ ।

पेटलाई शान्त बनाउँछ – अनारको रसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीमा सुधार गर्छ र कब्जियतबाट राहत दिन्छ । यसले छालालाई पनि फाइदा पुर्याउँछ । यसले मुँहासे, आँखामुनि कालो दाग, पिम्पल जस्ता समस्याबाट बचाउँछ ।

कपाल संरक्षण – अनारको नियमित सेवनले कपाललाई बलियो बनाउँछ र यसलाई झर्नबाट रोक्छ ।

यौन स्वास्थ्यलाई बलियो बनाउँछ – अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्दत गर्छ । यद्यपी स्वस्थ रहन अनार खानुका साथै शारीरिक व्यायाम पनि नियमित गर्नुपर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार १८:११