सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

मेरो ‘माया’

आज आज गर्दागर्दै,
दिनहरू क्रमशः घट्दैछन्,
कल्पना मात्रले पनि मेरा,
मुटुका चालहरू बढ्दैछन्,
तिमी बिनाका मेरा आगामी,
निमेष कसरी बित्ने हुन् ?
‘माया’ बिनाका मेरा अबका,
पलहरू कसरी कट्ने हुन् ?

फेरि…
बिर्सन खोज्छु झसङ्ग हुन्छु,
सम्झन थाल्छु चसक्क दुख्छु,
अकल्पनिय अनुभूतिमा रेटिन्छु,
नियति सम्झिन्छु, सम्हालिन खोज्छु ।

अब…
गौण बन्दै तिम्रा लागि आफैं,
तिम्रो नौलो खुशी हेर्ने मन छ,
तिम्रै नविन शुरूवातका लागि,
तिमीलाई नै तिम्रो बागडोर दिने मन छ ।
सन्यास लिई अभिभावकत्वबाट बिस्तारै,
अभिभारा सारा तिमीमा सार्ने मन छ,
तिम्रो मिठो वात्सल्य पाउककन मलाई,
अर्को जन्म तिम्रो सन्तान हुने मन छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार ०८:४४