सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

पूर्वजन्म र पुनर्जन्म

पूर्वजन्म र पुनर्जन्मको कथा
हिन्दु धर्ममा प्रशस्त भेटिन्छन्
प्रसङ्ग सुरु गरौं महादेवबाट
जसले मरेकी सती कहाँ पुनर्जन्म लिन गइन्
भनेर ध्यान दृष्टिले खोजे ।
हनुमान लगायतले
मरेका रामको पुनर्जन्म
कृष्णमा भएको देखे ।

एक हुल भक्तजन आए
पूर्वजन्म बताउन सक्ने
उनीहरूले उसको ज्ञानलाई पूर्वजन्म घोषणा गरे
उसले जानेको पात्र जति
सबै उसको पूर्वजन्म हुन सम्भव थिएन
उसलाई पत्यार लागेन
तर पनि उसलाई रहर लाग्यो
पूर्वजन्मको विषयमा जानकारी पाउन ।

उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
‘के पूर्वजन्म र पुनर्जन्म साँचो हो ?’
ईश्वरले बोले
‘होइन’
उसले पुनः सोध्यो
‘त्यसो भए पूर्वजन्म र पुनर्जन्मको कथा किन लेखिए ?’
ईश्वरले बोले
‘पूर्वजन्म र पुनर्जन्मको कथाले
मानिसलाई आफुले खोजेको कुरा
जन्म जन्मान्तरसम्म आफुसँगै प्रदान गर्दछ ।
त्यसैले गर्दा हो,
महादेवले पार्वती पाए
रतिले कामदेव पाइन
अनि पात्रले पनि आफ्नो पूर्वजन्मकै प्रेम लागायत कुरा पाए’

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार ०८:२२