सूचनाको शक्ति - The Power Of Information

        

चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक

 अभिनेता विपीन कार्की अभिनित चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएको छ ।

निर्देशक सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा विपिनसँगै केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी मुख्य भूमिकामा देखिएका छन् । विपिन र केकी श्रीमान श्रीमतिको भूमिकामा देखिएका छन् ।

‘प्रसाद’ को सिक्लेलमा बनेको ‘प्रसाद २’ ले जातियताको मुद्दालाई उठान गरेको छ । लभ स्टोरी चलचित्र निर्माण गर्न माहिर मानिएका सुदर्शनले यसपटक सामाजिक कथावस्तुलाई उक्त ट्रेलरका उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएकाे देख्न सकिन्छ ।

३ मिनेट १५ सेकेन्ड लामो ट्रेलरमा अन्तरजातिय विवाह गर्दा परिवारमा आउने समस्या, समाजले गर्ने व्यवहार र एउटा महिलाले बारम्बार भोग्नु परेको बलात्कारको पिडालाई देखाइएको छ ।

एसजी फिल्मस्सँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै तयार भएको यो चलचित्रको स्लोगन ‘माया भन्दा ठुलो नै के छ र’ राखिएको छ ।

यो चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् । सुभाष थापाको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो । चलचित्रको कथावस्तुले यसपटक दर्शकलाई झनै आकर्षित गर्ने निर्माण पक्षले दाबी गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १०:३७