प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्नु हुने भएकाे छ ।
गत माघ ५ गते सभामुख चयन भए पनि बासस्थान नहुँदा लोकन्थलीस्थित निवासमा बस्दै आउनुभएकाे हाे । सभामुख घिमिरे मन्त्रिपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने तयारी गर्नुभएकाे हाे ।
गत सोमबारको मन्त्रीपरिषद बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ । आवाश्यक प्रक्रिया पूरा भएपछि र रंगरोगनको काम सकिएपछि छिट्टै नै सभामुख घिमिरे बालुवाटारस्थित सरकार निवासमा सर्नुहुने भएकाे जनाइएकाे छ ।
सभामुख घिमिरेको निवासमा हाल राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आउनुभएकाे छ।
सत्यपाटी संवाददाता । काठमाडौँ