सूचनाको शक्ति - The Power Of Information

        

२०२२ मा सर्वाधिक कार्बन डाइअक्साइड उत्सर्जन

२०२२ मा बायुमण्डलमा सबैभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन भएको छ । सो उत्सर्जन सन् १९०० यताकै सर्वाधिक हो ।

कोभिड १९ महामारीपछि हवाई यातायातमा भएको पुनः वृद्धि र विश्मा तुलनात्मक रूपमा कम मूल्य पर्ने कोइलाको अत्याधिक प्रयोगका कारण उक्त वर्ष कार्बन डाइअक्साइडको उत्सर्जन बढेको हो ।

पृथ्वीमा तापमान बढ्नुमा कार्बन डाइअक्साइडलाई प्रमुख कारक मानिन्छ । सन् २०२२ मा उर्जाजन्य कार्बन डाइअक्साइड उत्सर्जनमा ०.९ प्रतिशत ले बढोत्तरी भएका कारण वायुमण्डलमा ३६.८ गिगाटन कार्बन डाइअक्साइड उत्सर्जन भएको अन्तर्राष्ट्रिय उर्जा एजेन्सी (आइइए) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

एक गिगाटनबराबर १ अर्ब मेट्रिक टन हुन्छ । वैज्ञानिकका अनुसार वायुमण्डलमा उत्र्सजन भएसँगै यो ग्यासले तातोपनलाई सोसेर राख्ने भएकाले तापमान वृद्धि हुन जान्छ ।

कार्बन डाइअक्साइडको अत्याधिक उत्सर्जनका कारण गत वर्ष विश्वमा जलवायुजन्य विषम मौसमका घटना अत्याधिक भएको मानिएको छ ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार ०७:५७