सूचनाको शक्ति - The Power Of Information

        

नेपाली यू–१९ टिमका खेलाडीलाई क्यानले जनही १ लाख दिने

यू–१९ विश्वकप क्रिकेटमा छनौट भएको नेपाली टीमका खेलाडीहरुलाई क्रिकेट एशोसियसन नेपाल (क्यान) ले एक–एक लाख रूपैयाँ पुरस्कार दिने भएको छ ।

क्यानले सरकारलाई पनि खेलाडीहरुको उचित सम्मानका लागि सिफारिस गर्ने जनाएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगातयले पनि नेपाली टीमलाई बधाई तथा शुभकामना दिएका छन् ।

निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम आगामी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

८ वर्षपछि नेपाली यू–१९ टिम विश्वकपमा छनोट भएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार ०७:४९