सूचनाको शक्ति - The Power Of Information

        

२०७९ फागुन १९ गते शुक्रवार, कस्तो छ तपाईंको राशिफल

२०७९ फागुन १९ गते, शुक्रवार, ३ मार्च २०२३ । फाल्गुण शुक्लपक्ष एकादशी तिथि, १०ः१४ बजेदेखि द्वादशी । पुनर्वशु नक्षत्र, १६ः४८ बजेपछि तिष्य । चन्द्रराशि– मिथुन, १०ः१० बजेपछि कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ । अग्रजको सहयोग लिँदा राम्रो हुनेछ । तर योजना सार्वजनिक नगर्नुहोला । दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा असमझदारी बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम थालनी हुनेछ । आयस्रोत बढाउन सकिनेछ । दिउँसोदेखि शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ । आयस्रोत बढ्नेछ । दिगो काम सुरु गर्ने समय छ । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । काममा शुभचिन्तकहरूले साथ दिनेछन् । बुद्धिको उपयोगले धन आर्जन हुनेछ । साथीभाइको सहयोग जुट्नाले व्यावसायिक लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ र स्वाभिमानको रक्षा गर्न सफल भइनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । केही आम्दानी हुने समय छ । श्रमको उचित मूल्य पाइनेछ । रोकिएको काम बन्नाले नयाँ जिम्मेवारी समेत पाइनेछ । तर दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । खर्चिलो काम थालनी हुनेछ । आकस्मिक समस्याले खर्च बढ्न सक्छ । यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मिहिनेतले पहिलेको स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । काम बन्नाले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । दिउँसोदेखि अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । आम्दानी भए पनि खर्च बढ्नाले रकम सञ्चय नहुन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ । दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । परोपकारी काममा प्रवृत्त भइनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । श्रम परे पनि दिउँसोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ । मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बिहानको समय उत्साहवर्द्धक रहनेछ । रमाइलो यात्राका बीच मानसम्मान प्राप्त हुनेछ । व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ । दिउँसोदेखि स्वास्थ्यबाधा हुन सक्छ । साथ दिनेहरू नहुँदा दुःख पाइनेछ । सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बिहानको समय संघर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ । केही भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला । आफन्तहरूको साथ जुट्नेछ । वादविवादमा अघि नसर्नुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

बिहानको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ । धनमाल सुरक्षामा सजग रहनुहोला । मिहिनेतीहरूका लागि दिन उत्साहजनक रहनेछ । बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित हुनेछ । यात्रा गर्दा स्वास्थ्यमा ध्यान दिनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार ०६:१४