वीर्यमा प्रोटिन हुन्छ भनिन्छ, के वीर्य स्खलनपछि शरीर कमजोर हुन्छ ? यस्ता धेरै प्रश्नहरु मनमा उठीरहेका हुन्छन् । वास्तवमा वीर्य स्खलनपछि शरीर कमजोर हुँदैंन । वीर्यमा प्रोटिन हुने कुरा सही हो, तर, यो अति नगण्य मात्रामा हुन्छ ।
तुलनात्मक रुपमा जति प्रोटिन शरीरले ग्रहण गर्छ, त्यसको तुलनामा वीर्य स्खलनबाट निस्किएको प्रोटिनको मात्रा नगण्य हुन्छ । एक या दुई दाना बदाम खानाले नै वीर्यबाट निस्किएको प्रोटिनको दुईगुणा प्रोटिन शरीरले पाउछ ।
के लिङ्ग फ्र्याक्चर हुन सक्छ ?
हो, लिङ्ग फ्र्याक्चर हुन सक्छ । जब लिङ्गका तन्तुहरु चुँडिन्छन्, त्यसलाई पेनाइल फ्र्याक्चर भनिन्छ । विशेषज्ञका अनुसार बढी उत्तेजित भएर गलत ढंगबाट सेक्स गर्दा पेनाइल फ्र्याक्चर हुन सक्छ । लिङ्गमा अचानक चोट लाग्दा पनि यस्तो हुन्छ । लिङ्गभित्र दुईवटा नली हुन्छन्, जो मांसपेशीको बीचमा हुन्छ ।
सेक्सको समयमा यो मांसपेशी कडा हुन्छ । त्यतिखेर यो मांसपेशीमा तनाव हुन्छ । यस्तो स्थितिमा तन्तुमा आघात पुग्यो भने चुडिन्छ र त्यसक्रममा हल्का रगत पनि निस्कन्छ । लिङ्ग सुन्निन्छ र निलो हुन्छ । यस्तो अवस्थामा लिङ्गमा असह्य पीडा हुन्छ । लिङ्गलाई जबर्जस्ती बटार्दा पनि पेनाइल फ्रयाक्चर हुन्छ ।
सम्भोगको महिला माथि हुने आसनमा पनि पेनाइल फ्रयाक्चर हुने सम्भावना हुन्छ । पेनाइल फ्रयाक्चरको एकमात्र समाधान अपरेशन हो । यौन चिकित्सकका अनुसार अपरेशन पछि पुरुष फेरि सेक्स गर्न सक्षम हुन्छ । यदि समयमै औषधि गरिएन भने पछि यसले गम्भीर रुप पनि लिन सक्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं