सूचनाको शक्ति - The Power Of Information

        

ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु

बैतडीमा ड्युटीमा खटिएका एक जना प्रहरीको मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट सलेनामा कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको मृत्यु भएको हो ।

बुधबार बेलुका ड्युटीमा खटिएको बेला एक्कासी ढलेका चौधरीलाई प्रहरीले उद्धार गरेर उपचारका लागि पाटन अस्पताल पुर्याएको थियो । तर, उपचार क्रममा प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कैलालीका बासिन्दा चौधरीको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १५:०४