सूचनाको शक्ति - The Power Of Information

        

नाइजेरियाको राष्ट्रपतिमा बोला टिनुबु निर्वाचित

नाइजेरियामा सत्तारूढ दल अल प्रोग्रेसिभ कङ्ग्रेसका उम्मेदवार बोला टिनुबु ८० लाख ७९ हजार मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचित ७० वर्षीय राष्ट्रपतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति अतीकु अबुबाकरलाई पराजित गर्नुभएको उक्त आयोगले जनाएको छ।

नेता अबुबाकरले छ लाख ९८ हजार मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै लेबर पार्टीका उम्मेदवार पिटर ओबीले ६१ लाख भोट पाएका हुन्।

नेता टिनुबुको पकड बलियो रहेको लागोसका साथै देशको दक्षिणपश्चिम क्षेत्रमा आफ्नो गढ बनाएका ओबीलाई पराजित गरे।

नवनिर्वाचित राष्ट्रपति टिनुबु लागोस राज्यका पूर्वगभर्नर एवम् सिनेटर रहेका छन्। राष्ट्रव्यापी समर्थकहरूको विशाल भेलालाई सम्बेधन गर्दै उनले आफ्नो जितसँगै नाइजेरियामा नयाँ आशा पलाएको बताए।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०७:५३