सूचनाको शक्ति - The Power Of Information

        

‘सेक्समा अरुची’ हुनुको मूख्य कारण ‘उमेर र धुम्रपान’

अशिक्षा, अन्धविश्वास र कुण्ठित धारणका कारण मानिसहरु सेक्सका बारेमा खुलेर कुरा गर्न सक्दैनन् । तर विश्वभरका अधिकत्तर मानिसमा सधैभरी सेक्सप्रति गहिरो रुची रहन्छ । मानव जीवनको एउटा महत्वपूर्ण एउटा पाटो हो सेक्स ।

केहिले त्यसलाई खुलारुपमा प्रकट गर्छन वा व्यवहार देखाउँछन् भने केहिले यौन मनोकांक्षालाई दबाएर राख्छ । जसले समाजमा समस्या सृजना गर्ने गरेको छ । केही यस्ता कारण छन्, जसले सेक्सका लागि सधै इच्छुक हुने मानवलाई यसप्रति अरुची सृजना गर्दछ । विभिन्न कारणले सेक्समा अरुची हुने गर्दछ ।

उमेर – उमेर ढल्कँदै गएपछि शरीरमा सेक्स हर्मोनको मात्रा घट्न पुग्छ । जसले गर्दा घट्दो उमेरमा सेक्सप्रतिको चाहना क्रमशः कम हुँदै जान्छ ।

धूम्रपान – धूम्रपान सेवन गर्दा वीर्य उत्पादन घट्छ, जसकारण लिंग उत्तेजित नहुने समस्या उत्पन्न हुन्छ । धूम्रपानकै कारण नपुंसकताको समस्या सिर्जना भएका केससमेत प्रशस्तै पाइएका छन् ।

सेक्सका क्रममा रतिरागात्मक कुरा दिमागमा आउँछ । जसकारण शरीरमा सेक्स हर्मोन उत्सर्जन हुन्छ । तर, तनाव भयो भने चिन्ताले डेरा जमाउँछ, जसकारण सेक्स हर्मोन उत्सर्जन हुन पाउँदैन ।

रोग – लिभर, किड्नी, फोक्सो, मुटु आदि सम्बन्धी समस्या, थााइराइड, मधुमेहजस्ता रोग लागेमा शरीरमा सेक्स हर्मोन उत्सर्जन कम हुन्छ । यसले गर्दा लिंग उत्तेजित नहुने, सेक्स गर्न मन नलाग्ने हुन्छ ।

उच्च रक्तचाप, मुटु, डिप्रेसन आदिको औषधि नियमित खाने गर्नुपर्छ । यस्ता औषधिको नियमित सेवनका कारण कतिपयको शरीरमा सेक्स हर्मोन उत्सर्जन घट्न जान्छ, जसकारण सेक्सप्रति रुची घट्छ ।

भिटामिनको कमी – शरीरमा भिटामिन ‘बी’को मात्रा कम भएमा लिंग उत्तेजित नहुने समस्या उत्पन्न हुन्छ ।

दुर्घटना – दुर्घटनापछि कसैकसैमा टेस्टोस्टोरन लगायत सेक्स हर्मोन उत्सर्जन कम हुने गर्छ । दुर्घटनामा परेपछि सेक्सप्रति कम रुची जाग्न थालेको छ भने डाक्टरको परामर्श लिनुपर्छ । यस्तो समस्याको उपचार सम्भव छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०७:५१