सूचनाको शक्ति - The Power Of Information

        

स्ववियू निर्वाचनमा पाँच विद्यार्थी संगठनको गठबन्धन

पाँच विद्यार्थी संगठनले आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनमा मिलेर जाने निर्णय गरेका छन् ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी, जसपा र नेपाल समाजवादी निकट विद्यार्थी संगठनले स्ववियू निर्वाचनमा मिलेर जाने समझदारी गरेका हुन् ।

बुधबार राजधानीस्थित अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा बसेको ती विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले सो निर्णय गरेको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले जानकारी दिए ।

बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचन जस्तोसुकै परिस्थितिमा पनि सम्पन्न गर्न साझा प्रतिबद्धता व्यक्त गरेको छ भने निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिवि र नेपाल सरकारको ध्यानाकर्षण गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०६:२६